वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋृणैऋृणमा - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋृणैऋृणमा



काठमाडौं । व्यावसायिक योजनाविनै दुई वाइड बडी विमान ल्याउँदा नेपाल एअरलाइन्स ऋृणैऋृणमा डुब्दै गएको छ। सुरुको ४५ दिनमै यी दुईटाको घाटा ४९ करोड १८ लाख रुपैयाँ पुग्यो। यो दैनिक एक करोडभन्दा माथि हो।

अगस्ट १ देखि सेप्टेम्बर १५ सम्म वाइड बडीले २६ करोड ४८ लाख कमाएका थिए। त्यही अवधिमा तिनकै लागि भएको खर्च भने ७५ करोड ६६ लाख नाघेको छ। कमाइको तेब्बर खर्च गराउने दुवै जहाजका लागि नयाँ गन्तव्य तय भएको छैन। जापान, चीन, कोरिया, अस्ट्रेलियालगायत लामो दुरीमा कसैले पनि अनुमति दिएको छैन ।

राम्रो कमाइ गरिरहेका अघिल्ला जहजकै ‘सेक्टर’ यिनले खोसेका छन्। यसले गर्दा ‘न्यारो बडी’को कमाइ पनि घटेको छ।

निगम स्रोतका अनुसार भदौ मसान्तसम्म यसको बैंक मौज्दात २० करोड ६८ लाख रुपैयाँ मात्र छ । यो स्वदेश,विदेशका सबै बैंकमा भएको रकम जोडेर आएको आजको अन्नपूर्ण दैनिकमा खबर छ ।