एउटा अचम्मको बल : विकेट पनि गयो, छक्का पनि भयो (भिडियो) - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

एउटा अचम्मको बल : विकेट पनि गयो, छक्का पनि भयो (भिडियो)



बीबीसी । जारी एकदिवसीय विश्वकप क्रिकेटमा आयोजक इङ्ल्यान्डले शनिबार राति बंगलादेशमाथि १ सय ६ रनको जित निकाल्दा एक दृश्यले दर्शकलाई निकै रोमाञ्चित बनायो । कार्डिफमा ३ सय ८७ रनको विशाल लक्ष्यसहित बंगलादेश जवाफी ब्याटिङ गर्दै थियो । बलिङ गर्दै थिए जोफ्रा आर्चर र ब्याटिङमा थिए सौम्य सरकार ।

इङ्ल्यान्डका तिव्रगतिका आर्चरले १ सय ४३ किलोमिटर प्रतिघण्टामा फालेको बल विकेटमा लाग्दै छक्का भयो । त्यसले क्रिकेट सकर्थकको मन जित्यो । विकेटकिपरमाथि लाग्दै बल बाउण्डी बाहिर गएको थियो ।
यो रोमाञ्चक विकेट पतन चौथो ओभरको दोस्रो बलमा भयो । जहाँ सौम्य बंगलादेशको इनिङ्स सम्हालिरहेका थिए । सौम्यले बललाई डिफेन्ड गर्ने प्रयास गरेपनि उनी क्लीन बोल्डको शिकार भए । तर उक्त बल छक्कामा परिणत भएपनि उनी २ रन जोड्दै पवेलियन फर्किए ।  यसको अलवा आर्चरले यही खेलमा उत्कृष्ट बलिङ गरे । २४ वर्षिय आर्चरले ८.५ ओभर बलिङ गर्दै २९ रन खर्चिएर ३ विकेट लिए