उत्तर कोरियामा कोरोना संक्रमित नभएको विश्व स्वास्थ्य संगठनको खुलासा - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

उत्तर कोरियामा कोरोना संक्रमित नभएको विश्व स्वास्थ्य संगठनको खुलासा



एजेन्सी- विश्व स्वास्थ्य संगठन ‘डब्लूएचओ’ले उत्तर कोरियामा कोरोनाको संक्रमण शुन्य भएको बताएको छ।

डब्लूएचओका अनुसार उत्तर कोरियाले ७ सय जनामा कोरोनाको परीक्षण गराएको छ र ५ सय जनालाई क्वारेन्टिनमा राखेको छ।

परीक्षणमा हालसम्म उत्तर कोरियामा कसैमा पनि कोरोनाको संक्रमण नदेखिएको जनाइएको छ।

कोरोनाको उद्गमस्थल चीन र कोरोना संक्रमण देखिएको मुलुक दक्षिण कोरियासँग उत्तर कोरियाको सिमाना जोडिएको छ। यसबीचमा उत्तर कोरोना नियन्त्रण गर्न सफल भएको डब्लूएचओले जनाएको छ।

उत्तर कोरियाका लागि डब्लू्एचओका प्रतिनिधि डाक्टर एडविन साल्भाडोरले भने,‘अप्रिल २ सम्म यहाँ ७०९ जनामा कोरोना परीक्षण भएको छ। हालसम्म कसैमा कोरोना पुष्टि भएको छैन। यहाँ ५०९ जनालाई क्वारेन्टिनमा राखिएको छ। २ विदेशी र ५०७ स्वदेशका नागरिक क्वारेन्टिनमा छन्।’

यसअघि उत्तर कोरियाले पनि आफ्नो देशका कोही कोरोना संक्रमित नभएको बताउँदै आएको थियो। सीएनएन