विश्व स्वास्थ्य संगठनले दिएको सुझाव नै गलत - Himal Post Himal Post
  • २९ असार २०८३, सोमबार
  •      Mon Jul 13 2026
Logo

विश्व स्वास्थ्य संगठनले दिएको सुझाव नै गलत



एजेन्सी– कोरोना संक्रमणसम्बन्धि विश्व स्वास्थ्य संगठनले दिएको सुझाव गलत भएको अध्ययनले देखाएको छ ।

विश्व स्वाथ्य संगठन (डब्ल्यूएचओ)ले ‘सामाजिक दुरी कायम’ गर्न आग्रह गर्दै कोरोना भाइरसबाट जोगिन खोकी र हाच्छ्युँ गरिरहेका व्यक्तिबाट आफ्नो दुरी १ मिटर (३ फिट) कायम राख्न सुझाव दिएको थियो।

एउटा अनुसन्धानको हवाला दिंदै न्युयोर्क पोस्टले उल्लेख गरेअनुसार कोरोना भाइरस २६ फिटसम्म यात्रा गर्न र हावामा ४ घण्टासम्म जीवित रहन सक्छ।

उक्त अनुसन्धान अमेरिकन मेडिकल एसोसियनले पछिल्लो समय बाहिर ल्याएको थियो । म्यासेच्युट्स इन्स्टिच्युट अफ टेक्नोलजी (एमआइटी)का एसोसियट प्रोफेसर लिडिया बुरुवाले एक वर्षसम्म खोकी र हाच्छ्युँका आयामबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालेकी हुन्।

कोरोना संक्रमण सर्न नदिन एकअर्काबीचको दुरी १ मिटर राख्न डब्लुएचओले हालै जारी गरेको निर्देशिका सन् १९३० को देशकको पुरानो मोडलमा आधारित रहेको उनले आफ्नो अध्यमा उल्लेख गरेकी छिन्।

रोग बोकेका कुनै पनि आकारका थोपा २३ देखि २७ फिटसम्म यात्रा गर्न सक्ने उनको दाबी छ। उनले भनेजस्तै भए विश्वभर ममामारीको रूप लिइरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण रोक्न कठिन हुने देखिएको छ।