विश्व स्वास्थ्य संगठन प्रमुखको राजिनामा माग: सुचना लुकाएको आरोप - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

विश्व स्वास्थ्य संगठन प्रमुखको राजिनामा माग: सुचना लुकाएको आरोप



एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार जोन बोल्टनले विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.टेड्रोस अडहानम घेब्रेयससको राजीनमा मागेका छन् ।

सल्लाहकार बोल्टनले चीनसँग मिलेर कोरोनो भाइरसबारेको सूचना लुकाएको आरोप लगाउँदै डा. टेड्रोसको राजीनामा मागेका हुन् ।

सोमबार ट्वीट गर्दै बोल्टनले विश्व स्वास्थ्य संगठनका महानिर्देशकले चीनको कम्युनिष्ट शासनप्रति आँखा चिम्लेर समर्थन गरी विश्वलाई गुमराहमा राख्न खोजेको आरोप लगाएका छन् ।

उनले चीनको अभियानमा विश्व स्वास्थ्य संगठनको समेत मिलेमतो रहेको आरोप लगाउँदै भनेका छन्, ‘त्यसैले मार्को रुबियो र ट्रेज क्रुजको डब्लुएचओका महासचिवले तत्काल राजीनामा दिनुपर्छ भन्ने मागलाई म समर्थन गर्छु ।’ मार्को रुबियो र क्रुज दुवै अमेरिकी सिनेटर हुन् ।

उनीहरु दुबैजना रिपब्लिकन पार्टीसँग सम्बन्धित छन् । उनीहरु दुबै जनाले पछिल्लो समय विश्व स्वास्थ्य संगठनको नेतृत्व र उसले चालेका कदममाथि गम्भीर प्रश्न उठाउँदै आएका छन् ।

टेड क्रूजले विश्व स्वास्थ्य संगठनले चीनको कम्युनिष्ट पार्टीसँग मिलेर विश्वसनियता गुमाएको आरोप लगाउँदै त्यसको नेतृत्वको तत्काल समीक्षा गर्नुपर्ने माग गर्दै आएका छन् ।

अमेरिकामा विश्व स्वास्थ्य संगठनको नेतृत्वमाथि नै किन प्रश्न उठ्न सुरु भयो भन्ने विषयमा अहिले नै विश्वश्नीय तथ्य बाहिर आइसकेको छैन ।

कोराना भाइरसको संक्रमणका कारण विश्वभर ८० हजारभन्दा बढीको मृत्यु भैसकेको छ भने १४ लाखभन्दा बढी संक्रमित भएका छन् ।