डब्लूएचओको चेतावनी: परिक्षण नबढाए नेपालमा संक्रमितको संख्या कल्पना भन्दा बाहिर - Himal Post Himal Post
  • १८ माघ २०८१, शुक्रबार
  •      Fri Jan 31 2025
Logo

डब्लूएचओको चेतावनी: परिक्षण नबढाए नेपालमा संक्रमितको संख्या कल्पना भन्दा बाहिर



काठमाडौं- नेपालस्थित विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रतिनिधि जस भ्यान्डेलरले नेपालमा संक्रमितको संख्या कल्पना गरिए भन्दा निकै बाहिर जानसक्ने चेतावनी दिएका छन् ।

यसै अवस्थामा संक्रमितको संख्या कति पुग्न सक्छ भन्ने अनुमान गर्न नसक्ने उल्लेख गर्दै उनले लकडाउनलाई निरन्तरता दिए पनि वा खुकुलो बनाए पनि संक्रमित बढिरहने बताए ।

लामो समय लकडाउन हुँदा अर्थतन्त्रमा समेत प्रभाव पार्ने भएकोले अब स्वास्थ्य सुरक्षा र जनताको आर्थिक सुरक्षा दुवैलाई सँगसँगै लैजान सरकारलाई चुनौती रहेको उनको भनाई छ ।

नेपालमा परीक्षण क्षमता र दायरा बढाउन पनि उनले सुझाव दिएका छन् ।