वेस्ट इन्डिजले खेल हार्नुको कारण बाहिरियो
काठमाडौं – अस्ट्रेलियाले बिहीबार आइसिसी एकदिवसीय विश्वकपमा वेस्ट इन्डिजमाथि १५ रनको विजय हासिल गरेको छ। वेल्स र इङ्ल्यान्डमा जारी प्रतियोगितामा अस्ट्रेलियाको यो दोस्रो जित हो।
पहिलो खेलमा अस्ट्रेलियाले अफगानिस्तानलाई ७ विकेटले हराएको थियो। तीब्र गतिका बलर मिचेल स्टार्कले ५ विकेट लिनुका साथै स्टिभ स्मिथ र नाथन कोटलर नेलले सातौं विकेटका लागि १ सय २ रनको साझेदारी गरेपछि
जितसँगै २ खेलबाट ४ अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा छ। समान ४ अंक भए पनि न्युजिल्यान्ड रन रेटका आधारमा शीर्ष स्थानमा छ। पहिलो खेलमा पाकिस्तानलाई हराएको वेस्टइन्डिज तेस्रो स्थानमा छ। राउन्ड रोविन लिगको शीर्ष चार टालीले सेमिफाइनलमा स्थान बनाउनेछन्।
नटिङघमस्थित ट्रेन्ट ब्रिजमा टस हारेर ब्याटिङका लागि निम्त्याइएको अस्ट्रेलियाले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय ८८ रन बनाएको थियो। २ सय ८९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिज ९ विकेट गुमाएर २ सय ७३ रन बनाउन सक्यो।
‘सुरुमा विकेट गुमाए पनि हामीले संयमित भएर ब्याटिङ गर्यौं। ३०–४को स्थितबाट पनि हामीले उत्कृष्ट पुनरागमन गर्यौं,’ अस्ट्रेलियाका कप्तान एरोन फिन्चले भने, ‘एलेक्स कोरी र स्मिथको साझेदारीबाट हामी खेलमा फर्कियौं। पछि कोटलर नेलले कोटलर नेलले असाधारण प्रदर्शन गरे। हामी अग्रपंक्तिमा भर पर्नु अवस्था छैन। सातौ नम्बरमा आएर पनि राम्रो गर्न सकिन्छ भन्ने प्रमाणित भयो।’
स्टार्कले १० ओभरमा १ मेडन राख्दै ४६ रन दिएर ५ विकेट लिए। जारी प्रतियोगितामा ५ विकेट लिने स्टार्क पहिलो खेलाडी बने। यससँगै स्टार्क एकदिवसीय अन्तर्राष्ट्रियमा चाँडै १ सय ५० विकेट लिने खेलाडी बने। स्टार्कले ७७ खेलमा १ सय ५० विकेट लिएका हुन्। यसअघि यो कीर्तिमान साकलाइन मुस्तकको नामा थियो। मुश्तकले ७८ खेलमा १ सय ५० रन लिएका थिए। स्टार्कलाई पाट कुमिन्सले २ तथा एडम जम्पाले १ विकेट लिएर साथ दिए।
वेस्ट इन्डिजका शाइ होपले ६८ रन बनाउँदा ६८ बनाए भने कप्तान जसोन होल्डरले ५१ रन बनाए। निकोलस पुरन ४० तथा शिमरोन हेटमेयरले २१ रन बनाउनुबाहेक अन्यले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। त्यसअघि ओपनर क्रिस गेलले २१ रन जोडेका थिए।
‘पक्कै पनि यो निराशाजनक छ। हामीले जित्छौं भन्ने लागेको थियो। तर केही गैर जिम्मेवार सटहरु खेल्दा नतिजा गुमायौं,’ वेस्ट इन्डिजका कपन जसन होल्डरले भने, ‘कोटलर नेलको क्याच छाड्नु दुर्भाग्य बन्यो। ६० रनको अवस्था उनको क्याच छुट्यो। उनले थप ३० रन जोडे। अबका खेलमा जिम्मेवार भएर खेल्नुपर्छ।’
साविक विजेता अस्ट्रेलियाले पनि ब्याटिङमा राम्रो सुरुआत गर्न सकेको थिएन। ७.४ ओभरमा ३८ रन जोड्दा साबिक विजेता अस्ट्रेलियाले ४ विकेट गुमाइसकेको थियो।
ओपनर डेविड वार्नर ३, कप्तान एरोन फिन्च ६, उस्मान ख्वाजा १३ र ग्लेन म्याक्सवेल शुन्य रनमा पवेलियन फर्किएका थिए। त्यसपछि स्मिथले अस्ट्रेलियाको इनिङ सम्हाले। स्मिथले पाँचौं विकेटका लागि मार्कुस स्टोनिइससँग ४१ रनको साझेदारी गरे। स्टोइनिस १९ रन बनाएर आउट भए। स्मिथले छैटौं विकेटका लागि पनि एलेक्स क्यारीसँग ६८ रनको साझेदारी गरे। क्यारी ४५ रन बनाएर आउट भएपछि स्मिथलाई कोटलर नेलले साथ थिए।
स्मिथ र कोटलर नेलले सातौं विकेटका लागि १ सय २ रनको साझेदारी गरेपछि अस्ट्रेलिया सम्मानजनक स्कोरतर्फ लम्किएको हो। १ सय ३ बल सामना गरेका स्थिमले ७ चौकासहित ७३ रन बनाए। आक्रमक इनिङ खेलेका कोटलर नेल ९२ रनमा आउट भए। उनले बलमा ६० बलमा ८ चौका र ४ छक्का प्रहार गरे।
वेस्ट इन्डिजका कार्लोस ब्रेथह्वाइटले ३ विकेट लिँदा एन्ड्रयू रसेल, शेल्डोन कोट्रेल र ओशाने थोमसले २र२ विकेट लिए। जसोन होल्डरको नाममा १ विकेट रह्यो।
अस्ट्रेलियाले पहिलो खेलमा पहिलो खेलमा अफगानिस्तानलाई ७ विकेटले हराएको थियो भने वेस्ट इन्डिजले पाकिस्तानमाथि ७ विकेटको नतिजा निकालेको थियो।