वेस्ट इण्डिजविरूद्ध बंगलादेशले बनायो नयाँ कीर्तिमान - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

वेस्ट इण्डिजविरूद्ध बंगलादेशले बनायो नयाँ कीर्तिमान



एजेन्सी – सोमबार बंगलादेश र वेस्ट इण्डिजबीच भएको विश्वकप क्रिकेटमा बंगलादेश सात विकेटले विजयी भएको छ।

पहिले ब्याटिङ् गर्दै वेस्ट इण्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको थियो। विश्वकपमा हालसम्मकै दोश्रो ठूलो लक्ष्य पछ्याउन आएको बंगलादेशले सो लक्ष्य ४१.३ ओभरमा ३ विकेट गुमाउँदै हासिल गरेको हो।

बंलादेशले पछ्याएको यो लक्ष्य जारी विश्वकपमा हालसम्मकै ठूलो लक्ष्य हो। विश्वकपमा सर्वाधिक रनको लक्ष्य पछ्याएको रेकर्ड भने आयरल्याण्डको नाममा छ।

उसले सन् २०११ मा खेलिएको विश्वकपमा इङ्ल्याण्डले दिएको ३२८ रनको लक्ष्य पछ्याएको थियो। सो म्याचमा आइरल्याण्डका केविन ओब्रायनले ५० बलमा शतक प्रहार गरेका थिए।

बंगलादेशको जितमा अलराउण्डर शाकिव अल हसनले नटआउट १२४ रनको पारी खेले भने लिटन दासले आफ्नो विश्वकप डेब्यू म्याचमा अविजित ९४ रन बनाए। त्यस्तै बंगलादेशका लागि तामिम इकवालले ४८ तथा सौम्य रकारले २९ रनको योगदान दिए।

करियरको ९ औं शतक बनाएका शकिबले ९९ बलमा १६ चौका हानेका थिए भने ९४ रन बनाएका दासले ६९ बलमा ८ चौका र ४ छक्का प्रहार गरेका थिए।

जितसँगै बंगलादेशले ५ खेलबाट ५ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ भने वेस्ट इण्डिज सातौं स्थानमा रहेको छ।

टाउन्टनमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३२१ रन बनाएको थियो।

वेस्ट इण्डिजका लागि सबभन्दा धेरै रन विकेटकिपर ब्याट्सम्यान शाइ होपले बनाए। उनले ९६ जोडे। तर उनी सतक प्रहार गर्नबाट भने चुके।

त्यस्तै, इभिन लुइसले ७० रन बनाए भने सिमोरन हेटमेयरले ५० रन जोडे। बंगलादेशका मुस्ताफिजुर रहमान र मोहम्मद सैफद्धिनले समान ३-३ विकेट लिए।

सकिबल हसनले दुई विकेट लिए।