इरानले अमेरिकाको सरकारी वेबसाइट ह्याक गर्दै भन्यो: यो हाम्रो ट्रेलर हो - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

इरानले अमेरिकाको सरकारी वेबसाइट ह्याक गर्दै भन्यो: यो हाम्रो ट्रेलर हो



तेहरान- आफूलाई ह्याकर भन्ने इरानी एक समूहले अमेरिकी सरकारी वेबसाइट ह्याक गरेको छ ।

उक्त समूहले इरानी कमाण्डर कुसाम सुलेमानीको हत्याको बदला लिएको भन्दै यस्तो गरेको जनाएको छ । ‘फेडरल डिपोजिटरी लाइब्रेरी प्रोग्रामको’ वेबसाइटलाई ह्याक गर्दै ‘इरानीयन ह्याकर्स’ पेज स्थानान्तरण भएको छ ।

जहाँ इरानी नेता अयोतल्लाह अली खमेनी र इरानी झण्डा वेबसाइटमा देख्न सकिन्छ । साथै वेबसाइट खोल्दा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मुखमा इरानी मुड्कीले हिर्काएपछि रगत आएको तस्बिर देखिन्छ ।

‘यो इरानको साइबर सक्षमताको सानो भाग मात्रै हो,’ वेबसाइटको कालो पृष्ठभुमिमा सेतो अक्षरले लेखिएको छ ।

गत शुक्रबार इराकको बगदादमा अमेरिकी हवाइ हमलाबाट इरानी कमाण्डर सुलेमानीको हत्या भएको थियो ।

त्यसपछि नै अमेरिका र इरानबीच द्वन्द्व चर्किँदै गएको छ । दुबै देशका नेताहरुले जवाफी हमला गर्ने चेतावनी दिँदैआएका छन् ।

सुलेमानी बगदादस्थित अमेरिकी अधिकारीमाथि आक्रमण गर्ने योजनामा रहेको दावी ट्रम्पको छ ।

अमेरिकी आक्रमणपछि इरानले अमेरिकामाथि आक्रमण गर्ने जनाएको छ भने अमेरिकाले पनि ५२ ठाउँमा आक्रमण गर्ने चेतावनी दिएको छ ।