एकाएक विश्वकपको समय सर्‍यो - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एकाएक विश्वकपको समय सर्‍यो



काठमाडौं । सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल जाडो महिनामा हुने भएको छ । विश्वकप इतिहासमै पहिलो पटक यो प्रतियोगिता जाडो महिनामा हुन लागेको हो ।

फिफा अध्यक्ष जियान्नी इन्फान्टिनोका अनुसार  कतार विश्वकप नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुनेछ । “आउँदो विश्वकप कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८, २०२२ मा खेलाइनेछ”, मस्कोमा आयोजित पत्रकार सम्मेलनमा इन्फान्टिनोले भने, “सबै लिगहरुलाई सूचना दिइसकिएको छ र उनीहरुले त्यसै अनुसार आफ्नो क्यालेन्डर परिमार्जन गर्नेछन् ।”

नोभेम्बर र डिसेम्बरमा विश्वकप हुने भएपछि ब्यबसायिक फुटबल क्लबहरुले आफ्नो फुटबल क्यालेन्डर परिवर्तन गर्नुपर्ने भएको छ । फुटबलका अधिकांश लिग अगस्ट देखि अप्रिलसम्म हुँदै आएका छन् ।