विश्वकप: ५ टिम आउट, ४ टिम अन्तिम १६ मा - Himal Post Himal Post
  • १९ माघ २०८२, आईतवार
  •      Sun Feb 1 2026
Logo

विश्वकप: ५ टिम आउट, ४ टिम अन्तिम १६ मा



काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म ५ टिम बाहिरिसकेका छन् भने ४ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

विश्वकपबाट बाहिरिने अन्तिम टिम कोस्टारिका बन्यो। कोस्टारिका समूह ‘ई’ को खेलमा लगातार २ खेलमा हार बेहोरेसँगै बाहिरिएको हो। कोस्टारिकालाई दोस्रो खेलमा ब्राजिलले २-० गोलले पराजित गरेको थियो।

यसअघि समूह ‘ए’बाट रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका थिए। समूह ‘ए’ कै साउदी अरेबिया र इजिप्ट बाहिरिएका थिए। यस्तै समूह ‘बी’बाट मोरक्को र समूह ‘सी’बाट पेरु बाहिरिएका छन्।

समूह ‘सी’को खेलमा पेरुलाई १-० लाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको थियो।

क्रोएसिया समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्न सफल भयो।

अन्तिम १६ मा पुगेका टिम

रसिया

उरुग्वे

फ्रान्स

क्रोएसिया

बाहिरिएका टिम

साउदी अरेबिया

इजिप्ट

मोरक्को

पेरु

कोस्टारिका