विश्वकप: ७ टिम आउट, ६ टिम नकआउट चरणमा - Himal Post Himal Post
  • २२ असार २०८३, सोमबार
  •      Mon Jul 6 2026
Logo

विश्वकप: ७ टिम आउट, ६ टिम नकआउट चरणमा



काठमाडौं- २०१८ फिफा विश्वकप फुटबल प्रतियोगितामा अहिलेसम्म ७ टिम बाहिरिसकेका छन् भने ६ टिमले अन्तिम १६ मा स्थान पक्का गरेका छन्।

आइतबार समूह ‘जी’ बाट इंल्यान्ड र बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गरे। यता लगातार २ खेलमा पराजित भएका यहि समूहका पानामा र ट्युनिसिया भने बाहिरिए।

यसअघि समूह ‘ई’ बाट कोस्टारिका बाहिरिएको छ। कोस्टारिका समूह ‘ई’ को खेलमा लगातार २ खेलमा हार बेहोरेसँगै बाहिरिएको हो।

यसअघि समूह ‘ए’बाट रसिया र उरुग्वे अन्तिम १६ मा पुगेका थिए। समूह ‘ए’ कै साउदी अरेबिया र इजिप्ट बाहिरिएका थिए। यस्तै समूह ‘बी’बाट मोरक्को र समूह ‘सी’बाट पेरु बाहिरिएका छन्।

समूह ‘सी’को खेलमा पेरुलाई १-० लाई पराजित गर्दै फ्रान्स अन्तिम १६ मा पुगेको थियो।

क्रोएसिया समूह ‘डी’ बाट अन्तिम १६ मा पुग्न सफल भएको थियो।

अन्तिम १६ मा पुगेका टिम

रसिया

उरुग्वे

फ्रान्स

क्रोएसिया

बेल्जियम

इंग्ल्यान्ड

बाहिरिएका टिम

साउदी अरेबिया

इजिप्ट

मोरक्को

पेरु

कोस्टारिका

पानामा

ट्युनिसिया