जारी विश्वकपको खर्च कति ? विजेताले कति पुरस्कार पाउँछन् ? - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

जारी विश्वकपको खर्च कति ? विजेताले कति पुरस्कार पाउँछन् ?



एजेन्सी । २१औं संस्करणको फिफा विश्वकप फुटबलको उपाधि छिनोफानो यही असार ३१ गते आइतबार लाग्दैछ । उपाधि भिडन्तमा क्रोएसिया र फ्रान्स रहेका छन् ।

विश्वकपको ट्रफीबाट एक कदम पछि रहेको फ्रान्स दोस्रो पटक विश्वकप फुटबलको उपाधि उचाल्ने दाउमा छ । यता, विश्वकपको फाइनलमा पहिलो पटक पुगेको क्रोएसिया आफ्नो फुटबल इतिहासमा स्वर्णिम काल बनाउन आतुर छ ।

विश्वपकको उपाधि उचाल्ने राष्ट्रले ट्रफीसहित मोटो नगद पुरस्कार हात पार्नेछ । यद्यपी ट्रफी नउचाल्ने टिमले पनि रित्तो हात भने फर्किनु पर्नेेछैन । विश्वकप विजेताले १८ क्यारेट सुनको ट्रफीसँगै ३८ मिलियन अमेरिकी डलर हात पार्नेछ । सन् २०१४ को ब्राजिल विश्वकपको विजेताले ३५ मिलियन डलर प्राप्त गरेको थियो ।

दोस्रो हुने टिमले २८ मिलियन अमेरिकी डलर हात पार्नेछ । ब्राजिल विश्वकपमा दोस्रो हुने टिमलाई फिफाले २५ मिलियन डलर प्रदान गरेको थियो । तेस्रो हुने टिमले २४ मिलियन डलर हात पर्दा चौथो स्थानमा चित्त बुझाउने टोलीले २२ मिलियन अमेरिकी डलर पाउनेछ ।

विश्वकपको क्वार्टरफाइनलमा पुग्ने ८ वटा देशलाई पनि फिफाले पुरस्कार दिन्छ । अन्तिम ८ मा पुग्नेले प्रतिटोली १६ मिलियन डलर पाउँछन् । यस्तै, राउन्ड १६ मा पुग्ने टिमलाई पनि फिफाले पुरस्कार प्रदान गर्छ । उत्कृष्ट १६ ले प्रतिटिम १२ मिलियन डलर प्राप्त गर्छन् । विश्वकपमा समूह चरणमा खेल्ने टिमलाई पनि फिफाले रित्तो हात घर फर्काउँदैन । समूह चरणबाटै घर फर्किने टिमले पनि ८ मिलियन डलर हात पार्छन् ।

फिफाले ४ सय मिलियन डलर पुरस्कारमा मात्रै खर्चिँदैछ । ब्राजिल विश्वकपमा ३५८ मिलियन डलर पुरस्कारमा खर्च भएको थियो । विश्वकप खेल्ने प्रत्येक टिमलाई खेलको तयारीका लागि १.५ मिलियन डलर दिइन्छ । त्यस्तै, विश्वकप खेल्ने हरेक खेलाडीको १३४ मिलियन डलर बराबरको बिमा गरिएको हुन्छ ।