विश्वकप खेल्ने टिमले जर्सी फेर्ने : कसले कस्तो लगाउंदै छन् ? - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

विश्वकप खेल्ने टिमले जर्सी फेर्ने : कसले कस्तो लगाउंदै छन् ?



एजेन्सी- इंग्ल्यान्डमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा सहभागी टिमले आफ्नो जर्सी फेर्ने भएका छन् । आइसिसीको नयाँ नियम अनुसार सहभागी केही टिमले आफुले नियमित प्रयोग गर्दै आएको जर्सी फेर्न लागेका हुन् ।

भारतले आफुले नियमित प्रयोग गर्दै आएको निलो रंगको जर्सी आयोजक टोली इंग्ल्यान्डविरुद्ध शनिबार हुने खेलमा बदल्ने भएको छ । उक्त खेलमा भारत गेरु रंगको जर्सी इंग्ल्यान्डविरद्ध मैदान उत्रिने छ ।

त्यसोत यसअघि भारतले अफगानिस्तानविरुद्धको खेलमा जर्सी परिवर्तन गर्ने बताइएको थियो । तर, यो प्रस्ट भएको छ की भारतले इंग्लयान्विरुद्धको खेलमा जर्सी परिवर्तन गर्ने छ ।

किन बदल्दै छन् टिम जर्सी?

आइसिसीका अनुसार एकै रंग भएका दुई टिमसँगै आमने सामने भएका बेला यो नियम लागु गरिने छ । भारत, इंग्ल्यान्ड, श्रीलंका र अगानिस्तानको जर्सीको रंग लगभग मिल्दो जुल्दो छ । यी बसै निलो जर्सीमा खेल्ने टोली हुन् ।

खेल दौरान दर्शकलाई कुनै प्रकारको भ्रम नहोस् भन्दै आइसिसीले यी टिमको खेलल दौरान कुनै एक टिमले आफ्नो वैकल्पिक जर्सीको प्रयोग गर्दै मैदानमा उत्रिनु पर्ने छ । यस्तो नियमा खासगरी फुटबलमा देखिन्छ । आइसिसीले पनि यस्तै गरी विश्वकपका दौरान दुई टिमको जर्सीको रंग मिल्दो जुल्दो भए कुनै एक टिमले आफ्नो वैकल्पिक जर्सीको प्रयोग गर्नु पर्ने छ ।

कुन कुन टिमको जर्सीको रंग बद्लीदै?

भारतीय टोली इंग्ल्यान्डविरुद्धको खेलमा गेरु रंगको जर्सी लगाएर भिड्ने छ । त्यस्तै विश्वकपमा दौरान अफगानिस्तानी टिम जब श्रीलंका, इंग्ल्यान्ड वा भारतविरुद्ध खेल्ने छ तब उसको जर्सी रंग रातो हुने छ । पाकिस्तानविरुद्धको खेलमा बंगलादेशले रातो रंगको जर्सीको प्रयोग गर्ने छ ।

दक्षिण अफ्रीकी टिमले विश्वकप दौरान बंगलादेश र पाकिस्तानविरुद्धको खेलमा गोल्डेन रंगको जर्सी प्रयोग गर्ने छ । त्यस्तै इंग्ल्यान्ड र भारतविरुद्धको खेलमा श्रीलंकाको टिमले पहेंलो रंगको जर्सीको प्रयोग गर्ने छ ।

यस मध्य केही खेल सम्पन्न भैसकेका छन् भने केही खेल वर्षाले रद्द भएका थिए । अफगानिस्तानले इंग्ल्यान्डविरुद्धको खेलमा रातो रंगको जर्सी लगाएको थियो । त्यस्तै दक्षिण अफ्रीकाको टिमले पनि बंगलाादेशविरुद्धको खेलमा वैकल्पिक जर्सीमा खेलेको थियो ।