विश्वकप फाइनल: महासंग्राममा क्रोएसिया र फ्रान्स - Himal Post Himal Post
  • ११ माघ २०८२, शनिबार
  •      Sat Jan 24 2026
Logo

विश्वकप फाइनल: महासंग्राममा क्रोएसिया र फ्रान्स



काठमाडौं-  २०१८ फिफा विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि सन् १९९८ को च्याम्पियन फ्रान्स र क्रोएसियाबीच प्रतिस्पर्धा हुने भएको छ।

क्रोएसियाले बुधबार राति भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै फाइनलमा फ्रान्ससँगको भेट पक्का गरेको हो। विश्वकपको फाइनलमा पहिलो पटक पुगेर इतिहास बनाएको क्रोएसियालाई नयाँ च्याम्पियन बन्ने सुनौलो अवसर आएको छ।

फ्रान्सले भने बेल्जियममाथि १-० को जित निकालेर फाइनलमा स्थान पक्का गरेको थियो। फ्रान्स तेस्रो पटक फाइनलमा पुगेको हो। फ्रान्सले १९९८ मा उपाधि जित्दा २००६ मा पनि फाइनलमा स्थान पक्का गरेको थियो।

अब उपाधिका लागि आगामी आइतबार राति पौने ९ बजे फ्रान्स र क्रोएसियाबीच भिडन्त हुनेछ। शनिबार सेमिफाइनलमा पराजित भएका बेल्जियम र इंग्ल्यान्डबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ।