फाइनलमा पनि वर्षा भए विश्वकपको उपाधि दुबै टोलीले बाँड्ने - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

फाइनलमा पनि वर्षा भए विश्वकपको उपाधि दुबै टोलीले बाँड्ने



बीबीसी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटअन्तगृत भारत र न्युजिल्यान्डबीचको खेल ‘रिजर्भ डे’ अर्थात् आजको लागि सारिएको छ । यदि आज वर्षा भएन भने नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट बाँकी खेल सुरु हुनेछ ।

नियमका अनुसार यो खेल जुन अवस्थामा रोकिएको थियो, सोही अवस्थाबाट सुरु हुनेछ । मंगलबार टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ४६ ओभर १ बलमा पाँच विकेट गुमाउँदै २११ रन बनाएको थियो ।

डकवर्थ लुइसबाट नतिजा
यदि आज पनि वर्षा भएमा अथवा ओभर घटाएर न्युजिल्यान्डले बाँकी ओभर ब्याटिङ गर्न आएन भने डकवर्थ लुइसको आधारमा भारतको लक्ष्य निर्धारण हुनेछ ।

डकवर्थ लुइसको आधारमा भारतले २० ओभर खेल्ने भएमा उसलाई १४८ रनको लक्ष्य हुनेछ । यदि २५ ओभरमा यो लक्ष्य पछ्याएमा भारतले १७२ रनको लक्ष्य पाउनेछ । ३० ओभर भएमा १९२, ३५ ओभर २०९ र ४० ओभर भएमा २२३ रनको लक्ष्य पाउनेछ । यदि खेल ४६ ओभर खेल्नुपर्ने भएमा भारतले २३७ को लक्ष्य पाउनेछ ।

रिजर्भ डे को नतिजा
आईसीसीले सेमिफाइनल र फाइनल दुबै खेलमा रिजर्भ डे राखेको छ । आईसीसीको नियमको आधारमा पहिलो दिन जुन अवस्थामा खेल रोकिएको छ, सोही अवस्थाबाट खेल सुरु हुनेछ । यदि रिजर्भ डेमा पनि वर्षाको कारण खेल हुन सकेन भने फाइनलमा भारतले स्वतः स्थान बनाउने छ । किनकी भारतको लिग चरणको खेलमा धेरै अंक छ । भारत लिग चरणको खेलमा शीर्ष स्थानमा छ भने न्युजिल्यान्ड चौथो स्थानमा छ ।

फाइनलमा पनि वर्षा भए के हुन्छ ?
इङ्ल्यान्डमा फाइनलको दिन पनि वर्षा हुने सम्भावना छ । यदि फाइनलको दिन पनि वर्षा भएमा खेल रिजर्भ डेको लागि सारिनेछ । यदि दुबै टोलीबीचको खेल रिजर्भ डेमा पनि हुन नसकेमा आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दुबै टोलीले बाँड्ने छन् ।

खेल बराबरी भएमा के हुन्छ ?
विश्व क्रिकेट इतिहासमा हालसम्म ३७ यस्तो खेलमा उपाधिको लागि खेलका खेल बराबरी भएर रोकिएका छन् । बराबरी अर्थात् दुबै टोलीले एक–एक अंक बाँड्ने छन् । फाइनल खेलमा यो नभए सुपर ओभरबाट नतिजा आउने छ । यस्तो सीमित ओभर खेल बराबरी हुने अवस्थामा गरिन्छ । पहिलो पटक सुपर ओभरको प्रयोग सन् २००८ मा गरिएको थियो ।