विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा, को-कोले पाए स्थान ? - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा, को-कोले पाए स्थान ?



काठमाडौँ । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका लागि पारस खड्काको कप्तानीमा आज १८ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ ।

प्रतियोगिताका लागि १४ नियमित तथा चार वैकल्पिक खेलाडी गरी १८ सदस्यीय टोली घोषणा गरिएको नेपाली टोलीका टोली व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए ।

कप्तान खड्का, आइसिसीका प्रतिनिधि अनिमूल इस्लाम र मुख्य प्रशिक्षक जगत् टमाटा संलग्न छनोट समितिले १८ सदस्यीय टोली छनोट गरेको हो । टोलीको उपकप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिइएको छ ।

नेपाली टोलीमा अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, सागर पुन, सन्दीप लामिछाने, सहाब आलम, शरद भेषवाकर, सोमपाल कामी र सुनिल धमला रहेका छन् ।

मलेसियामा हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको समूहमा चीन, म्यानमार, थाइल्याण्ड, भुटान, सिङ्गापुर र मलेसिया रहेका छन् ।नेपालले पहिलो खेल असोज १७ गते म्यानमारसँग खेल्नेछ । दोस्रो खेल २० गते मलेसियासँग, २१ गते थाइल्याण्डसँग, २४ गते चीनसँग र २६ गते सिङ्गापुरसँग खेल्नेछ । -रासस