विश्वकपमा नयाँ चम्किए, चर्चित नै असफल बने - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विश्वकपमा नयाँ चम्किए, चर्चित नै असफल बने



एजेन्सी । विश्वकप फुटबल आइतबार राति सकिएको छ । विश्वकप फुटबलमा फ्रान्सले उपाधि उचाल्दा क्रोएसिया उपविजेतामै चित्त बुझाउनुप¥यो । १ महिनासम्म रसियाको विभिन्न १२ रंगशालामा सञ्चालन भएको विश्वकपमा विश्वकप स्टार खेलाडीहरू फ्लप भएभने केही खेलाडीले उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो भाग्य कोर्न सफल भएका छन् ।

विश्वकपमा ती खेलाडीले गरेको प्रदर्शन र आफ्नो टिमलाई सफलता दिलाएको आधारमा हेर्दै समग्रमा विश्वकपको बारेमा हेर्दा यी हुन सफल खेलाडीः

लुका मोड्रिक (क्रोएसिया)

लुका मोड्रिक २१औं संस्करणको विश्वकप फुटबलमा सर्वाधिक सफल खेलाडी हुन् । विश्वकपको सर्वोत्कृष्ट खेलाडी हुदै गोल्डेन बल समेत जितेका मोड्रिकले सबैको मन जित्न सफल भए । क्रोएसियाका कप्तान मोड्रिकले आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन नसकेपनि पुरै प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरे ।
उनकै कप्तानीमा क्रोएसिया विश्वकप फुटबलको फाइनलमा पहिलो पटक पुग्न सफल भएको हो । ३२ वर्षय मोड्रिक यो विश्वकपमा २ गोल गर्न सफल भए । मोड्रिकले समूह चरणको खेलमा नाइजेरियाविरुद्ध क्रोएसियाले २–० गोलले जित हात पार्दा गोल गरेका थिए । त्यस्तै, समूह चरणको दोस्रो खेलमा अर्जेन्टिनालाई ३–० गोलले पराजित गर्दा कप्तान मोड्रिकले एक गोल गरेका थिए ।
प्रिक्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा पराजित गर्दा पनि मोड्रिकले पेनाल्टीमा गोल गरेका थिए । त्यस्तै, क्वाटरफाइनलमा आयोजक रसियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दा मोड्रिकले गोल गरेका थिए । उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो टिमलाई एकपछि अकोृ खुड्किलो पार गराएका मोड्रिकले सेमिफाइनल र फाइनलमा गोल गर्न नसकेपछि उत्कृष्ट प्रदर्शन गरेका थिए ।

ह्यारी केन (इंग्ल्यान्ड)

ह्यारी केन इंग्ल्यान्डका कप्तान हुन् भने रसियामा सम्पन्न विश्वकप फुटबलमा सर्वाधिक गोलकर्ता पनि हुन् । उनले विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जिते ।
आफ्नो पहिलो विश्वकप फुटबलमा नै उत्कृष्ट प्रदर्शन गर्दै ६ गोल गरेका केन सबैको चर्चाको विषय बने । २४ वर्षीय केनले आफ्नै कप्तानीमा २८ वर्षपछि इंग्ल्यान्डलाई सेमिफाइनलसम्मको यात्रा तय गराए । सुरुवाती खेलमा नै उत्कृष्ट प्रदर्शन गरेका केन सेमिफाइनलका खेलमा चम्किन नसक्दा इंग्ल्यान्डको अगाडिको यात्रा यहि टुंगिएको थियो ।
समूह चरणको पहिलो खेलमा इंग्ल्यान्डले ट्युनिसियालाई २–१ गोलअन्तरले पराजित गर्दा दुबै गोल कप्तान ह्यारी केनले गरेका थिए । त्यस्तै, दोस्रो खेलमा पानामालाई ६–१ गोलअन्तरले पराजित गर्दा केनले ह्याट्रिक गोल गरेका थिए । त्यस्तै प्रिक्वाटरफाइनलमा केनले कोलम्बियाविरुद्ध एक गोल गरेका थिए ।

किलियन एमबाप्पे (फ्रान्स)


२१औं संस्करणको विश्वकप फुटबलमा सर्वाधिक चर्चा कमाएका खेलाडी हुन् फ्रान्सका किलियन एमबाप्पे । फ्रान्सलाई विश्वकप फुटबलको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका एमबाप्पेले बेष्ट युवा खेलाडीको अवार्ड जिते । उनले समूह चरणदेखि नै उत्कृष्ट प्रदर्शन गर्दै २० वर्षपछि फ्रान्सलाई विश्वकप फुटबलको उपाधि दिलाए ।

१९ वर्षीय एमबाप्पेले विश्वकपमा ४ गोल गरे । एमबाप्पे त्यस्ता खेलाडी हुन् जसले विश्वकप फुटबलमा तहल्का नै पिट्न सफल भए । विश्वका महान खेलाडी लियोनल मेस्सीको टिम अर्जेन्टिनालाई जारी विश्वकपको प्रिक्वाटरफाइनलबाटै विदाई गर्दा एमबाप्पेले २ गोल गरेका थिए । अर्जेन्टिनालाई ४–३ गोलले पराजित गर्दा नायक बनेका थिए, एमबाप्पे । खेलको ६४ र ६८ औं मिनेटमा एम्बाप्पेले गोल गरेका थिए ।

थिबाउट कौर्टोइस (बेल्जियम)

त्यस्तै, उत्कृष्ट खेलाडीहरू मध्ये एक हुन् बेल्जियमका गोलकिपर थिबाउट कौर्टोइस । बेल्जियमलाई सेमिफाइनलसम्मको यात्रा पार गराउँदै तेस्रो स्थान दिलाउन कौर्टोइसको ठूलो हात रहेको छ ।

विश्वकपमा उत्कृष्ट गोलकिपर घोषित हुदै उनले गोल्डेन ग्लोभ समेत पाए । समूह चरणदेखि नै शानदार प्रदर्शन गर्दै आएका कौर्टोइसले नकआउट चरणमा पनि उतिकै प्रदर्शन गरेका थिए । उनले ब्राजिलविरुद्ध झनै हेर्न लायक प्रदर्शन गरेका थिए । ब्राजिलले उत्कृष्ट ९ वटा प्रहार गरेको बल उनले बचाएका थिए । उनकै राम्रो प्रदर्शनमा बेल्जियमले ब्राजिललाई २–१ गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै, तेस्रो स्थानका लागि इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दा पनि उनले उतिकै राम्रो खेलेका थिए । विश्वकपमा यी माथि उल्लेखित खेलाडी मात्रै सफल भएनन् । अन्य धेरै खेलाडी पनि सफल भए ।

त्यसो त, विश्वकपमा सफल मात्रै भएनन् विश्व चर्चित र महान खेलाडीहरू असफल पनि बने । विश्वकप सुरु हुने बेलामा उपाधि दिलाउन सक्ने आकलन गरेपनि स्टार खेलाडीहरूले आफ्नो देशलाई विश्वकपको ट्रफि दिलाउन सकेनन् । सबैको मन जितेपनि खेलमा जित

 स्टार खेलाडी तर सफल हुन सकेनन् 

लियोनल मेस्सी

अर्जेन्टिनाका कप्तान तथा विश्वचर्चित खेलाडी लियोनल मेस्सी फुटबलका एक महान खेलाडीका रुपमा परिचित थिए । तर, जारी विश्वकपमा भने उनी असफल भए ।  गोल मेसिनको रुपमा परिचित मेस्सीले विश्वकपमा त्यस्तो कुनै चमत्कार गर्न सकेनन् ।
अर्जेन्टिना कप्तान मेस्सीकै भरोसामा रसिया विश्वकप खेल्न पुगेको थियो । तर मेस्सी मात्रै हैन अर्जेन्टिनाका कुनै पनि खेलाडी रसियाली भूमिमा चम्किन सकेनन् ।

समूह चरणको पहिलो खेलमा नै अर्जेन्टिनाले विश्वकपमा डेब्यु गरेको आइसल्यान्डसँग १–१ गोलको बराबरी खेल्यो । आइसल्यान्डविरुद्ध जित नजिक पुगेको अर्जेन्टिना आफ्नो पहिलो खेलमा नै नराम्ररी चुक्न पुगेको थियो । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आइसल्यान्डविरुद्ध पेनाल्टी मिस गरेपछि उनको सर्वत्र आलोचना भएको थियो ।

समूह चरणको दोस्रो खेलमा क्रोएसियासँग अर्जेन्टिना ३–० गोलले पराजित हुदा पनि मेस्सीको आलोचना भएको थियो । क्रोएसियाविरुद्ध पनि मेस्सीले गोल गर्न भने सकेनन् । एकपछि अर्को खेलमा मेस्सी असफल हुदै जादा समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले जित हात पार्नुको अर्को कुनै विकल्प थिएन ।

विश्वकपको नकआउट चरणमा पुग्नका लागि नाइजेरियालाई अर्जेन्टिनाले जित हात पार्नै पर्ने थियो । यो खेलमा भने मेस्सीले राम्रो प्रदर्शन गर्दै १ गोल गर्न सफल भए । नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै विश्वकपको नकआउट चरणमा प्रवेश गरेको थियो ।

जसो तसो विश्वकपको नकआउट चरणसम्म अर्जेन्टिनालाई डो¥याएका कप्तान मेस्सी प्रिक्वाटरफाइनलमा असफल हुदै विश्वकपबाट बाहिरिए । प्रिक्वाटरफाइनलमा फ्रान्ससँग ४–३ गोलअन्तरले पराजित भएसँगै अर्जेन्टिनाको यात्रा यहि टुंगिएको थियो भने कप्तान मेस्सी पुनः एक पटक असफल सावित भए ।

फिफा विश्वकपमा सन् २००६ देखि खेल्न शुरु गरेका मेस्सीले ४ वटा विश्वकप खेल्दासम्म जम्मा ६ गोल गरेका छन् । रसिया विश्वकपको प्रिक्वाटरफाइनलबाटै अर्जेन्टिनाको यात्रा समाप्त भएपछि मेस्सीको सपना अधुरै भएको हो ।

क्रिष्टियानो रोनाल्डो

रसिया विश्वकप फुटबलको आफ्नो सुरुवाती खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सबैलाई चकित बनाएको पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डो पनि अन्ततः असफल नै भए ।
पोर्चुगलले पनि प्रिक्वाटरफाइनलभन्दा अघिको यात्रा पार गर्न सकेन । रोनाल्डोले समूह चरणको पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गोल गरेका थिए । दोस्रो खेलमा पोर्चुगलले मोरक्कोमाथि १–० गोलको जित निकाल्दा रोनाल्डोले गोल गरेका थिए । समूह चरणको अन्तिम खेलमा इरानसँग १–१ गोलको बराबरी खेल्दा रोनाल्डो चल्न सकेनन् ।
प्रिक्वाटरफाइनलमा पोर्चुगलको भेट उरुग्वेसँग भएको थियो । जुन खेलमा पोर्चुगल २–१ गोलअन्तरले पराजित हुदै विश्वकपबाट बाहिरिन पुग्यो । रोनाल्डो यतिबेला पनि असफल भए । विश्वकपका महान खेलाडी रोनाल्डोले आफ्नो टिमलाई प्रिक्वाटरफाइनलभन्दा माथि लान सकेनन् । उरुग्वेविरुद्धको खेलको दौरानमा एकपछि अर्को शर्ट प्रहार गरेपनि रोनाल्डो चुक्न पुगे ।
क्लब स्तरमा सधै सफलता हात पार्ने रोनाल्डो आफ्नो देशलाई भने विश्वकपको ट्रफि दिलाउन फेरी असफल बने । रोनाल्डोले २००६, २०१०, २०१४ र २०१८ को विश्वकप गरी जम्मा ७ गोल गरेका छन् ।

नेयमार

विश्वका महंगा खेलाडी नेयमारले रसिया विश्वकपमा आफुलाई असफल खेलाडीकै दर्जामा उभ्याए । विश्वकपमा सबैभन्दा आलोचना खेपेका खेलाडी पनि हुन् नेयमार । ब्राजिलियन स्टार खेलाडी नेयमारले विश्वकपमा प्रदर्शन राम्रो हुन सकेन । आफ्नो देश ब्राजिललाई क्वाटरफाइनलसम्म पु¥याएपनि त्यो भन्दा माथि लान सकेनन् ।

विश्वकपमा नेयमारले ५ खेल खेलेपनि २ गोल मात्रै गर्न सफल भए । उनले समूह चरणमा १ गोल मात्रै गरेका थिए भने प्रिक्वाटरफाइनलमा मेक्सिकोविरुद्ध गोल गरेका थिए । त्यसो त, नेयमारले सबैभन्दा बढि पोष्टमा प्रहार गरेका थिए । तर, २ गोलभन्दा बढि गोल गर्न असफ लबने ।
स्वीट्जरल्यान्ड, सर्बिया र क्वाटरफाइनलमा बेल्जियमविरुद्ध उनी गोल गर्न चुकेका थिए । क्वाटरफाइनलमा बेल्जियमसँग २–१ गोलले पराजित हुदै विश्वकपदेखि ब्राजिल बाहिरिएसँगै नेयमारको विश्वकप उपाधि सपना तुहिएको हो ।
नेयमारले सन् २०१४ को विश्वकप फुटबलमा ४ गोल गरेका थिए । क्लब लिग र अन्य प्रतियोगितामा सफल खेलाडी भएपनि विश्वकप फुटबलमा नेयमार असफल सावित भए ।

थोमस मुलर


थोमस मुलर एक चर्चित खेलाडी हुन् । अझ उनी जर्मनीका मुख्य हतियार हुन् । मुलर त्यस्ता खेलाडी हुन् जसले यसअघि खेलेका दुई विश्वकपमा तहल्का नै मच्चाएका थिए । यद्यपी यो पटक भने मुलर नराम्ररी असफल बने ।

विश्वविजेता जर्मनी समूह चरणबाटै बाहिरिदा विज्ञहरुको अनुमान गलत सावित बन्यो । जर्मनीसँगै असफल बने मुलर पनि । मुलरले समूह चरणको तीनै खेल खेले । तर यो विश्वकपमा उनी गोल गर्न भने सकेनन् । समूह चरणको पहिलो खेलमा मेक्सिकोसँग जर्मनी १–० गोलले पराजित भएको थियो भने स्वीडेनलाई २–१ गोलले पराजित गरेको थियो । तर समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० गोलले पराजित हुदै विश्वकपदेखि जर्मनी बाहिरिएको थियो ।

२८ वर्षीय मुलरले २०१० र २०१४ मा गरी विश्वकपमा १० गोल गरेका थिए । यो विश्वकपमा भने उनले खाता समेत खोल्न सकेनन् ।

रोबर्ट लेवान्डोवस्की

रोबर्ट लेवान्डोवस्की रसिया विश्वकप फुटबलमा एक असफल खेलाडी बने । पोल्यान्डका कप्तान लेवान्डोवस्की एक खतरानाक फरवार्ड हुन् । तर २१औं संस्करणको विश्वकप फुटबलमा भने उनी चल्न सकेनन् । आफ्नो टिमलाई समूह चरण पनि पार गर्न नसकेका लेवान्डोवस्कीले विश्वकपमा १ गोल पनि गर्न सकेनन् । समूह चरणको पहिलो खेलमा सेनेगलसँग २–१ गोलअन्तरले पोल्यान्ड हार्दा उनको कुनै सिप लागेन ।

दोस्रो खेलमा पनि कोलम्बियासँग ३–० गोलअन्तरले पराजित हुदै पोल्यान्ड विश्वकपबाट बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा भने जापानलाई पोल्यान्डले १–० गोलले पराजित गरेको थियो । २९ वर्षीय लेवान्डोवस्कीमाथि निकै विश्वास गरिएको थियो । क्षमतावान हुदा हुदै पनि चल्न नसकेका लेवान्डोवस्कीको विश्वकप राम्रो हुन सकेन ।

मोहमद सलाह

विश्वकप फुटबलमा इजिप्टका फरवार्ड मोहमद सलाहको प्रदर्शन पनि सोचेअनुसारको भएन । इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका सलाह विश्वकपमा भने निरिह बने ।  विश्वकप सुरु हुनुभन्दा केहीदिन अघि च्याम्पियन्स लिगको फाइनलमा रियल मड्रिडविरुद्ध खेलको दौरानमा चोटग्रस्त बनेपछि पूर्वरुपले ठीक नभएपनि उनी विश्वकप खेल्न बाध्य बनेका थिए ।

विश्वकपमा इजिप्टले एक खेल पनि जित्न सकेन । समूह ए मा रहेको इजिप्टले पहिलो खेलमा उरुग्वेसँग १–० गोलको हार ब्यहोरेको थियो । पहिलो खेलमा सलाहले भने खेलेनन् । चोटकै कारण पहिलो खेल गुमाएका थिए । दोस्रो खेलमा इजिप्ट रसियासँग ३–१ गोलअन्तरले पराजित हुदा सलाहले खेलेपनि आफ्नो टिमलाई उद्धार गर्न सकेनन् । उनले एक गोल भने फर्काएका थिए । समूह चरणको अन्तिम खेलमा साउदी अरबसँग २–१ गोलले पराजित हुदा पनि सलाहले गोल गरेका थिए ।