गर्मीमा खरबुजा खानुस् फाईदै फाइदा
काठमाडौं। केही दिन यता काठमाडौं लगाएतका विभिन्न क्षेत्रमा ह्वात्तै गर्मी बढेको छ । शरीरलाई फ्रेस राख्न फलफूल निकै फाइदा जनक मानिन्छ । गर्मी मौसम लागेसँगै बजारमा खरबुजा छ्याप्छ्याप्ती पाउन सकिन्छ ।
तपाई हामी कतिपयलाई पनि बहिर गर्मीमा अरु खाना भन्दा खरबुजा नै खान मनपर्छ । यसले शरीरमा पानीको मात्रा पूर्ती गर्नुका साथै छालामा चमक ल्याउँछ । गर्मीमा कोल्ड ड्रिङक्स पिउनुभन्दा खरबुजा खानु उत्तम हुन्छ ।
यस्ता छन् खरबुजा खानुका फाइदाः
खरबुजा खानाले शरीरिक फाइदा पु–याउनुका साथै छालामा चमक ल्याउँछ ।
खरबुजा अनुहारमा लगाउनाले चमक आउँछ ।
खरबुजा खानाले किड्नीको रोगीका लागि पनि भरपुर रुपमा फाइदा हुन्छ ।
खरबुजामा बेटा क्यारोटीनले भरिपूर्ण हुन्छ जसले शरीरमा ‘भिटामिन ए’को कमी पूरा गर्छ ।
‘भिटामिन ए’ले आँखाको ज्योती बढाउनुका साथै आँखामा आउने धेरै प्रकारका इन्फेक्सनबाट बचाउँछ ।
खरबुुजाले शरीरका अनेक प्रकारका क्यान्सर निको बनाउने अनुसन्धानबाट पता लागेको छ । यसले प्रोटेस्ट क्यान्सर, ब्रेस्ट क्यान्सर लगायत पेटको क्यान्सरका लागि फाइदाजनक हुन्छ ।
यसमा क्यालोरीको मात्रा निक्कै कम हुने हुँदा शारीरिक तौललाई घटाउनमा सहयोग गर्छ ।