रेशम चौधरीको रिहाइका लागि वार्ता हुँदै - Himal Post Himal Post
  • २१ माघ २०८१, सोमबार
  •      Mon Feb 3 2025
Logo

रेशम चौधरीको रिहाइका लागि वार्ता हुँदै



काठमाडौं- रेशम चौधरीको रिहाइका लागि सरकारले थारू कल्याणकारिणी सभाका प्रतिनिधिसँग वार्ता आज गर्दैछ ।

गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराई लगायत सरकारी वार्ता टोली र थारू कल्याणकारिणी सभाका प्रतिनिधिबीच आज दिउँसो सिंहदरबारमा वार्ता हुने जनाइएको छ ।

कल्याणकारिणी सभा, थरुहट–थारूवान संयुक्त संघर्ष समिति र केन्द्रीय आन्दोलन परिचालन समितिले सरकारसमक्ष रेशम चौधरीको रिहाइ लगायतका १९ बुँदे माग राखेको छ । कैलाली १ बाट प्रतिनिधि सभामा निर्वाचित चौधरी टीकापुर घटना सम्बन्धी मुद्दामा जेलमा छन् ।

उनीहरूका माग सम्बोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो । टोलीमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार भट्टराई र पूर्वसांसद भगवती चौधरी सदस्य छन् ।