वर्षमान पुनले भने : नेपाल जलश्रोतमा दोश्रो धनी देश होइन - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

वर्षमान पुनले भने : नेपाल जलश्रोतमा दोश्रो धनी देश होइन



काठमाडाैं- उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले विश्वमा जलश्रोतमा नेपाल दोश्रो धनी देश नभएको बताएका छन् । सोमबार संसदमा बोल्दै मन्त्री पुनले दोश्रो धनी देश भन्ने कुरामा सत्यता नरहेको धारणा राखेका छन्।

उनले भने नेपाल जलश्रोतमा विश्वकै धनी रहेको कुरा झुटो हो।‘माननीय सदस्यहरुलाई म दुईवटा जानकारी दिन्छु, विश्वमा हामी जलश्रोतमा दोश्रो धनी भन्ने गर्छौं त्यो सत्यता होइन। अरु देशहरु नै छन्। त्यसैगरी मुलुकभर ६ हजार नदीनाला भनिएकोमा हाम्रो प्रारम्भिक अध्ययनले २३ हजार नदीनाला रहेको देखिएको छ,’ संसदमा बोल्दै मन्त्री पुनले भने।

हाल सबै नदी बेसिनहरुको अध्ययनको काम भईरहेको र दुई वर्षभित्रै टुङ्ग्याईने लक्ष्य रहेको उनको भनाई छ।

यो अध्ययनपछि नेपालमा जलश्रोतको वास्तविक अवस्था थाहा हुने उनको भनाइ छ।

बाग्मती र पश्चिम सेतीको बेसिन प्लान सम्पन्न भईसकेको उनले बताए।