वर्षाका कारण प्रभावित भयो भारत र न्यूजिल्याण्डको खेल - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

वर्षाका कारण प्रभावित भयो भारत र न्यूजिल्याण्डको खेल



एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत भारत र न्यूजिल्याण्डबीचको खेल वर्षाका कारण सुरु हुन सकेको छैन। वर्षाका कारण खेलको टससमेत हुन भएकाे छैन।

दुवै टोली जारी विश्वकपमा हालसम्म पराजित भएका छैनन्। जारी विश्वकपमा भारतले दुई र न्यूजिल्याण्ड तीन खेल खेलेको छ।

भारत र न्यूजिल्याण्ड विश्वकपमा हालसम्म सात पटक आमने सामने भएका छन्, जसमा न्यूजिल्याण्डले चार खेल जितेको छ भने भारत तीन खेलमा विजयी भएको छ।

इंग्ल्याण्ड र वेल्समा भइरहेको विश्वकप क्रिकेटका खेलहरु वर्षाका कारण प्रभावित हुँदै आइरहेका छन्। यसअघि तीन वटा खेल वर्षाका कारण रद्द भइसकेका छन्।

यसअघि श्रीलंका र पाकिस्तान, दक्षिण अफ्रिका र वेष्ट इण्डिज तथा श्रीलंका र बंगलादेशबीचकोे खेल वर्षाका कारण रद्द भएका थिए।