आइपिएलको अन्तिम खेलपछी भावुक हुँदै स्वेदेश फर्के वार्नर - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

आइपिएलको अन्तिम खेलपछी भावुक हुँदै स्वेदेश फर्के वार्नर



एजेन्सी -जारी आईपिएलमा सर्वाधिक रन बनाउने डेविड वार्नर आईपिएल लिग खेलका बिच नै आफ्नो देश अस्ट्रेलिया फर्किएका छन्।

सनराइजर्स हैदराबादका लागि खेलिरहेका वार्नर आसन्न विश्वकप क्रिकेटको राष्ट्रिय तयारीका लागि स्वदेश फर्किएका हुन्। देश फर्कनुअघि उनलाई टोलीका साथीहरूले बिदाइ गरे। बिदाइपछि उनले आफ्नो मनको कुरा इन्स्टग्राममार्फत व्यक्त गरे।

यस सिजनमा उनले १२ म्याच खेल्दै ६९२ रन बनाएका छन्। यस सिजनमा ६०० भन्दा बढी रन जोड्ने एकमात्र ब्याटस्म्यान हुन्। उनले सोमबार पंजाबविरूद्ध अन्तिम म्याच खेले। यस म्याचमा पनि उनले उत्कृष्ट खेल देखाए। उनले ८१ रन बनाएका थिए। त्यसपछि उनका साथीहरूले होटलमा दिएको बिदाइ भोजमा केक काटे।

‘यहाँ आएर पुनरागमन गर्न पाउँदा राम्रो लागिरहेको छ। साथीहरू लिगमा राम्रो खेलिराख्नु र अगाडी बढ्नु। मेरो शुभकामना छ, तपाईंहरूलाई’, ३२ वर्षिय वार्नरले भने।

त्यसपछि उनले इन्स्टाग्राममा पनि पोस्ट गर्दै आफ्ना थप कुराहरू राखे।

‘मैले यो सिजनमा मात्र नभई गत सिजनमा पनि सनराइजर्स परिवारबाट मलाई मिलेको समर्थनप्रति आभार व्यक्त गर्न सकेको थिइन। म लामो समयदेखि यसको पर्खाइमा थिए। साथीहरूको बिचमा रहनु पाउँदा राम्रो लागिरहेको छ। टिमका मालिक, सहयोगी कर्मचारी, खेलाडीहरू, सामाजिक संजाल तथा प्रशंसकहरूले खुला दिलले मलाई फेरि स्वागत गर्नुभयो, त्यसका लागि धेरै-धेरै धन्यवाद। उत्कृष्ट पुनरागमनबाट मैले ब्याटको आनन्द लिइरहेको थिएँ। बाँकी टुर्नामेन्ट राम्रो गरी समापन गर्नका लागि साथीहरूलाई शुभकामना’, इन्स्टामा उनले लेखेका छन्।