१ सय ७ रन बनाएपछि वार्नरले गरे गम्भीर खुलासा - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

१ सय ७ रन बनाएपछि वार्नरले गरे गम्भीर खुलासा



एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध १ सय ७ रन बनाएका अष्ट्रेलियाका डेबिड वार्नर सन्तुष्ट छन् । उनको उत्कृष्ट प्रदर्शनको मद्दतमा अष्ट्रेलियाले बुधबार कन्टीमा पाकिस्तानमाथि ४१ रनको जित निकालेको थियो ।

भारतविरुद्ध खराब प्रदर्शन गरेपछि आलोचनाको सामना गरेका वार्नरले पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै शतक बनाए । करिअरको १५ औं शतक बनाएका उनको पाकिस्तानविरुद्ध लगतार तेस्रो शतक हो ।

शतकसँगै जारी आईसीसी विश्वकप क्रिकेटमा बायाँ हाते ब्याटसम्यान वार्नरको खातामा २ सय ५५ रन पुगेको छ । जो बंगलादेशका सकिब अल हसनभन्दा ५ रन कम हो । हसनले २ सय ६० रन बनाएका छन ।

शतकधारी वार्नरले लामो समयदेखि शतकको पर्खाइमा रहेको खुलासा गरेका छन् । उनले भने, “यो शतक बन्न निकै ढिलो भयो । तर म एकदमै खुसी छु । अफगानस्तानविरुद्ध खेल्दा मलाई लागेको थियो कि म लयमा छैन् । अघिल्लो खेल वेष्टइन्डिजविरुद्ध खेल्दा जब एक बल बिग्रीयो तब केही सुस्त भएँ । भारतका बलरले मलाई सिधै दबाबमा राख्न खोज्यो । तर मैले अन्दाब लगाए । र सम्हालिएर खेलेँ ।”