जब वार्नरले ट्रफी नै एउटा बच्चालाई सुम्पिदिए... - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

जब वार्नरले ट्रफी नै एउटा बच्चालाई सुम्पिदिए…



एजेन्सी– १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ४१ रनले पराजित गर्‍यो।

उक्त खेलमा अष्ट्रेलियाका ब्याट्सम्यान डेविड वार्नरले शतक प्रहार गरे। १ सय ११ बलको सामना गरेका उनले ११ चौका र १ छक्काको मद्दतमा १ सय ७ रन बनाएका थिए। अष्ट्रेलियाको जितमा वार्नरको शतक महत्वपूर्ण रह्यो।

उक्त खेलमा वार्नर म्यान अफ दि म्याच बनेका थिए। म्यान अफ दि म्याचको ट्रफि लिइसकेपछि उनले उक्त ट्रफी दर्शकदिर्घामा बसेका एक बच्चालाई उपहार दिएका छन्।

उनले आफ्ना ‘साना फ्यान’लाई ट्रफी उपहार दिएको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उनको यस कार्यको संसारभरका क्रिकेट प्रशंसकहरुले तारिफ गरिरहेका छन्।

एक वर्षको प्रतिबन्धपछि राष्ट्रिय टीममा फर्किएका उनको यो पहिलो शतक हो। उनी गत वर्ष बल टेम्परिङ प्रकरणमा एक वर्षको प्रतिबन्धमा परेका थिए।