वार्नरले हाने अर्को शतक - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

वार्नरले हाने अर्को शतक



एजेन्सी – अष्ट्रेलियाका ओपनर डेविड वार्नरले एक दिवसिय विश्वकप क्रिकेटमा बंगलादेशविरुद्ध उत्कृष्ट शतक प्रहार गरेका छन् ।

वार्नरले १ सय १० बलमा आफ्नो वान डे करियरको १६ औं शतक पुरा गरेका हुन् । जारी विश्वकपमा वार्नरको यो दोस्रो शतक हो । यस अघि पाकिस्तानसँगको खेलमा पनि वार्नरले शतक प्रहार गरेका थिए । उनको विश्वकप करियरमा भने तेस्रो शतकमा पर्दछ । वार्नरले ३३ ओभरको दोस्रो बलमा सकिब हल हसनलाई १ रन बटुल्दै १ सय १० बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पुरा गरे ।

वार्नरले १ सय १४ बलमा ७ चौका र २ छक्का सहित १ सय ३ रनमा खेलि रहेका छन् । उनलाई तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका उस्मान खवाजाले ३४ रन बनाई साथ दिएका छन् । त्यसअघि पहिलो विकेटका लागि ओपनर वार्नर र कप्तान आरोन फिन्चले १ सय २१ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए ।

२१ अौं ओभरको पाँचौ बलमा सौम्य सरकारले रुवेल हसनबाट क्याच आउट गराउनु अघि फिन्चले ५१ बलमा ५ चौका र २ छक्का सहित ५३ रनको योगदान दिए ।अष्ट्रेलियाले यो समचार तयार पार्न सम्म ३४ ओभरमा १ सय ९७ रन बनाउन १ विकेट गुमाएको छ ।