बिमला वलीको सांसद पद के हुन्छ ? निर्वाचन आयोग नै अन्योलमा - Himal Post Himal Post
  • २ चैत्र २०८१, आईतवार
  •      Sun Mar 16 2025
Logo

बिमला वलीको सांसद पद के हुन्छ ? निर्वाचन आयोग नै अन्योलमा



काठमाडौं- लुम्बिनी प्रदेशमा देखिएको तिब्र राजनीतिक घटनाक्रमबीच दल बदल्ने विमला वलीको सांसद पद के हुने भन्ने अन्योल सुरू भएको छ । पार्टीहरूले सांसदहरू भकाभक निस्कासन परिरहेकै बेला लुम्बिनी प्रदेश सभा सांसद बिमला वलीले माओवादी केन्द्र रोजेकी छन् ।

वली नेकपाबाट उपनिर्वाचन जितेकी सांसद हुन् । एमाले र माओवादी एकीकृत दल भएकै बेला उनले उपनिर्वाचन जितेकी थिइन् तर नेकपालाई भने सर्वोच्च अदालतले खारेज गरिसकेको छ ।

वलीले दाङ ३ (ख) बाट उपनिर्वाचन जितेकी थिइन् । उनलाई निस्कासन गर्न सक्ने या नसक्ने विषय राजनीतिक र कानुनी बहसको विषय बनेको छ । त्यतिमात्र होइन निर्वाचन आयोग पनि उनलाई कारबाही गर्न सकिने वा नसकिनेबारे अन्योलमा परेको छ

एमाले र माओवादी एकीकृत हुँदाका अवस्थामा चुनाव जित्नेको हैसियत के हुन्छ ? भन्ने बिषय नै अन्योलपूर्ण बनेको छ । आयोगका अनुसार, प्रतिनिधि सभामा एक, राष्ट्रिय सभामा १६, प्रदेश सभामा १ र स्थानीय तहमा ३२ जनाले नेकपाको नामबाट चुनाव जितेका छन् ।