वडाअध्यक्ष पाण्डेले दिए राजीनामा
बुटवल। रुपन्देहीको तिलोत्तमा नगरपालिका-७ का वडाअध्यक्ष दुर्गाप्रसाद पाण्डेले राजीनामा दिएका छन् । उनले इमेलमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।
बुधबार बसेको नगर कार्यपालिकाको बैठकमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताललाई जग्गा दिने बिषयमा निर्णय गर्दा अस्पतालले माग गरे अनुसार १० बिघा भन्दा आधा कम ५ बिघा जग्गा दिनुपर्ने प्रस्ताव पाण्डेले बैठकमा राखेका थिए । उनको कुरा बैठकमा सुनुवाइ नभएपछि पाण्डेले निणर्यप्रति असहमति जनाउँदै राजीनामा दिएका हुन् ।
आफूलाई सहयोग गर्ने नगरप्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहित नगरपालिकाका सबै कार्यपालिका सदस्य र कर्मचारीहरुलाई धन्यवाद दिएका छन् । उनले आफ्नो परिवारसहित मुम्बई भ्रमणमा जान लागेकोसमेत इमेलमा लेखेका छन् ।