वडा सदस्यको रुखबाट लडेर मृत्यु - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

वडा सदस्यको रुखबाट लडेर मृत्यु



बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–३ का वडा सदस्यको रुखबाट लडेर आज मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही वडाका दलित वडा सदस्य ३५ वर्षीय टेकबहादुर चदारा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

बिहान घरबाट भैंसीलाई डालेघाँस काट्न जेब्रे भिरमा गएका बेला उहाँको रुखबाट खसेर मृत्यु भएको हो। (रासस)