वडा कार्यालय नै विप्लव समुहले कब्जा गर्‍यो - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

वडा कार्यालय नै विप्लव समुहले कब्जा गर्‍यो



दार्चुला- सरकारले प्रतिवन्ध लगाएको विप्लव नेतृत्वको नेकपाले दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर एकको वडा कार्यालयमा विप्लव समुहले कब्जा गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले बुधबारराति वडा कार्यालयको साइनबोर्डमा लेकम गाउँपालिका वडा नम्बर एक कार्यालयमा आफ्नो साइनवोर्ड झुण्ड्याएको हो ।

वडा कार्यालयको साइनबोर्डमा हसियाँ र हथाैडाको चिन्ह समेत बनाएको छ । यसअघि पनि लेकम गाउँपालिकामा विप्लव नेतृत्वको नेकपाले बढी सक्रियता बढाएको स्थानीयले बताएका छन् ।

केही दिन अघि मात्रै विप्लव नेतृत्व नेकपाका ६ जना विद्यार्थी नेता जिल्ला सदरमुकाम खलंगाबाट पक्राउ परेका थिए ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले ६ जनालाई पक्राउ गरि उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।