वडा अध्यक्ष सहित दर्जन माओवादी नेता कांग्रेसमा प्रवेश - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

वडा अध्यक्ष सहित दर्जन माओवादी नेता कांग्रेसमा प्रवेश



काठमाडौं /कात्तिक २०  ।

डडेलधुराका एक दर्जन माओवादीका प्रभावशाली नेताहरु कांग्रेसमा प्रवेश गरेका छन् । सोमबार प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले गन्यापधुरा गाउँपालिकाका निर्वाचित वडा अध्यक्ष चेतराज भट्ट लगायत दर्जन माओवादी केन्द्रका विभिन्न निकायका पदाधिकारीहरुलाई कांग्रेस सदस्य दिएर प्रवेश गराएका हुन् ।

कांग्रेसमा प्रवेश गरेका भट्ट गत स्थानीय चुनावमा माओवादी केन्द्रबाट गन्यापधुरा–४ बाट अध्यक्षमा निर्वाचित भएका थिए। उनी यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा उनको स्वकीय अधिकृत समेत थिए। उनी माओवादी केन्द्र डडेलधुराका जिल्ला सदस्य समेत हुन् ।

त्यस्तै डडेलधुराकै वाईसिएल नेपालका केन्द्रीय सदस्य इन्द्रबहादुर कठायत पनि कांग्रेस प्रवेश गरेका छन् । त्यस्तै गन्यापधुरा गाउँपालिका वडा नम्वर ४ का सदस्यहरु नरजित भुल र वीरबहादुर भुल पनि कांग्रेस प्रवेश गर्नुभएको छ । त्यस्तै डडेलधुराका माओवादी केन्द्रका अगुवा कार्यकर्ताहरु मानबहादुर धानुक, गोपाल खत्री, मिनराम साउद र धनिलाल पाल पनि कांग्रेस प्रवेश गरेका छन्। उनीहरु सबैलाई प्रधानमन्त्री देउवाले खादा लगाएर उनहरुलाई कांग्रेसमा स्वागत गरेका थिए।