कोरोनाबारे अफवाह फैलाउने विवेक थापा पक्राउ - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कोरोनाबारे अफवाह फैलाउने विवेक थापा पक्राउ



काठमाडौँ- प्रहरीले कोरोना भाइरस ‘कोभिड १९’ काठमाडौँमा फैलिएको भन्दै अफवाहपूर्ण अडियो क्लिप सामाजिक सञ्‍जालमा भाइरल बनाउने युवकलाई पक्राउ गरेको छ।

काठमाडौँको एक अस्पतालमा कोरोना भाइरस संक्रमणका बिरामी भेटिएको भन्दै उनले अफवाहपूर्ण अडियो सामाजिक सञ्जालमा भाइरल बनाएका थिए।

रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षीय विवेक थापा मगरलाई अफवाहपूर्ण सूचना रेकर्ड गरी सामाजिक सञ्‍जालमा फैलाएको भन्दै प्रहरीको साइबर ब्युरोले शनिबार पक्राउ गरेको हो।