विवेकले सोनालीलाई याद गरेर रोए - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विवेकले सोनालीलाई याद गरेर रोए



बलिउड नायिका सोनाली बेन्द्रेले आफूलाई क्यान्सर भएको बताएपछि उनका प्रशंसक निकै स्तब्ध भएका थिए । त्यतिबेला उनी टेलिभिजन शो ‘इंडियाज बेस्ट ड्रामेबाज’ मा जज बनेकी थिइन् । उनीबाहेक कार्यक्रममा विवेक ओबरोय र ओमंग कुमार पनि कार्यक्रममा जज थिए । कार्यक्रमको केही एपिसोड शुट गरेपछि सोनालीले कार्यक्रम छोडिन् र उपचारका लागि न्यूयोर्क गइन् ।

हालै विवेक सोनालीलाई याद गरेर क्वाँक्वाँ रोएका छन् । वास्तवमा, ‘इंडियाज बेस्ट ड्रोमेबाज’ को सेटमा एक प्रतिस्पर्धीले क्यान्सर पीडितको भूमिका निभाए जुन हेर्दा विवेकलाई सोनाली बेन्द्रेको याद आयो र उनी रोए ।

उक्त अभिनयमा क्यान्सरसँगको लडाईँ र जीत देखाइएको थियो, जुन हेरेपछि सबै स्तब्ध भए । कार्यक्रममा अर्का जज ओमंग कुमारको आँखा पनि नरसाएका होइनन् तर विवेकले भने उक्त अभिनय हेरेपछि आफूलाई नियन्त्रण गर्न सकेनन् । उनी नमज्जाले रोए ।

ती प्रतिस्पर्धीको अभिनय हेरेपछि विवेकले सोनालीलाई आफ्नो निकै नजिकको साथी बताउँदै उनका लागि सबैलाई प्रार्थना गरिदिन आग्रह गरे ।

विवेक सोनालीसँग कार्यक्रमको पहिलो सिजनदेखि नै काम गरिरहेका छन् ।