प्रधानमन्त्रीले बोलाए पहिलो पटक भर्चुअल मन्त्रिपरिषद् बैठक - Himal Post Himal Post
  • १० माघ २०८१, बिहीबार
  •      Thu Jan 23 2025
Logo

प्रधानमन्त्रीले बोलाए पहिलो पटक भर्चुअल मन्त्रिपरिषद् बैठक



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक भर्चुअल माध्यमबाट मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले सोमबार साँझका लागि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् ।

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्दछ। आजको बैठकमा प्रधानमन्त्री ओलीले नवनियुक्त मन्त्रीहरुलाई निर्देशन दिने र मन्त्रालयका नियमित एजेण्डामाथि छलफल हुने स्रोतले जानकारी दियो ।

आजको बैठकले सरकारका नयाँ प्रवक्ता तोक्न सक्ने स्रोतले जानकारी दिए । यसअघि सरकारको प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पार्वत गुरुङ थिए । उनी सरकारबाट बाहिरिएपछि प्रवक्ताको पद रिक्त रहेको छ ।