भिर्गिलले जिते ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

भिर्गिलले जिते ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड



काठमाडौं । लिभरपुलका डिफेन्डर भिर्गिल भान डिज्कले ‘पीएफए प्लेयर अफ दि इयर’ अवार्ड जितेका छन्  ।

प्रोफेसनल  फुटबलर एसोसिएसन (पीएफए) ले प्रदान गर्ने यस अवार्ड जित्ने क्रममा डच डिफेन्डर भिर्गिलले अर्का दाबेदार खेलाडी म्यानचेस्टर सिटीका रहिम स्ट्रर्लिङलाई पछि पारे । पीएफएले यस अवार्ड बिहिबार भिर्गिललाई प्रदान गर्नेछ  ।

यस अवार्डका लागि ६ खेलाडी मनोनयनमा परेका थिए । अवार्डका लागि भिर्गिलसंगै म्यानचेस्टर सिटीका सर्जियो अग्युरो, बर्नार्डो सिल्भा, रहिम स्ट्रर्लिङ, लिभरपुलका साडियो माने र चेल्सीका फरवार्ड इडेन हाजार्ड मनोनयनमा परेका थिए ।

योसंगै यस अवार्ड लगातार दोस्रो पटक लिभरपुलका खेलाडीले जितेका छन् ।  गत सिजन लिभरपुलका फरवार्ड मोहमद सलाहले यस अवार्ड जितेका थिए ।

यस्तै बर्षको युवा खेलाडीको अवार्डका लागि म्यानचेस्टर युनाईटेडका मार्कुस राष्फोर्ड, सिटीका रहिम स्ट्रर्लिङ, बर्नेमाउथका डेभिड ब्रोक्स, लिभरपुलका ट्रेन्ड आर्नोल्ड, वेष्ट ह्यामका डिक्लेन राइस र सिटीका बर्नार्डो सिल्भा मनोनयनमा परेका छन्  ।

युवा बर्ष खेलाडी अवार्ड विजेताको घोषणा बिहिबार हुनेछ  ।