विराट कोहलीको बेङ्लोरलाई झट्का : के होला अब ? - Himal Post Himal Post
  • ५ पुष २०८२, शनिबार
  •      Sat Dec 20 2025
Logo

विराट कोहलीको बेङ्लोरलाई झट्का : के होला अब ?



लगातार ६ म्याच हारेपछि जित्न थालेको रोयल च्यालेन्जर्स बेङ्लोरलाई बिहिबार एउटा अर्को ठूलो झट्का लागेको छ।

विराट कोहलीको टोलीलाई जितको बाटोमा ल्याउने बलर डेल स्टेन घाइते भएका छन। चोटका कारण यी दक्षिण अफ्रिकी बलर बुधबार पंजाब विरूद्धको खेलमा मैदानमा उत्रन पाएका थिएनन्।

सुरूमा गम्भिर चोट नलागेको ठानिएपनि उनको काँध गम्भिर चोट लागेको खुलासा भएको छ। चोटका कारण अब उनले आईपिएलका बाँकी खेलहरू गुमाउने भएका छन्।

३५ वर्षिय डेल स्टेनलाई बेङ्लोरले अर्का घाइते खेलाडी कुल्टर नाएलको स्थानमा ल्याइएको थियो।

टोलीमा डेलको आगमनपछि १ जित र ७ हार बेहोरेको बेङ्लोर जितको बाटोमा आएको थियो। उनले खेलेका दुई खेलमा बेङ्लोरले जित हासिल गरेको थियो र यी दुबै म्याचमा उनले २-२ विकेट लिएका थिए।

बेङ्लोरका अध्यक्ष संजीव चुरीवालाले सटेनलाई गम्भीर चोट लागेको बताएका हुन्।

‘डेल स्टेनको काँधमा चोट लागेको छ। उनलाई आरामको आवश्यक्ता छ। उनले आईपिएलका बाँकी खेल खेल्न सक्ने छैनन्’, संजीबले भने, ‘ उनीबाट वर्तमान टोलीले ठूलो सहयोग पाउँदै आएको थियो। उनले टोलीमा जुन उत्साह लिएर आए त्यसका लागि हामी आभारी छौं। टिममा उनको कमी महशुस हुनेछ।’

उनी आगामी विश्वकपका लागि दक्षिण अफ्रिकाको टोलीमा रहेका छन्। यस कारण पनि उनको चोट चाँडो ठीक हुने आशा गरिएको छ।