विराटले मागे स्मिथसँग माफी - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

विराटले मागे स्मिथसँग माफी



काठमाडौँ। विश्वकपको अस्ट्रेलियाविरुद्धको खेलमा भारतीय कप्तान विराट कोहलीले अस्ट्रेलियाली खेलाडी स्टिभ स्मिथसँग माफी मागेका छन् ।

उनले आफ्नो या आफ्नो टीमका कुनै सदस्यको गल्तीका लागि नभई भारतीय समर्थकहरूका तर्फबाट स्मिथसँग माफी मागेका हुन् ।

जारी विश्वकपमा निकै राम्रो प्रदर्शन गरिरहेका अस्ट्रेलियाका स्टार ब्याट्सम्यान स्टिभ स्मिथ गत वर्ष ‘बल टेम्परिङ’को आरोपमा केही समय निलम्बनमा परेपछि उनलाई त्यसको भूतले अझै छोडेको छैन ।

आइतबार भारत विरुद्धको खेलमा पनि स्मिथले यस्तै समस्याको सामना गर्नु पऱ्यो । उनी बाउन्ड्री नजिक फिल्डिङका लागि तैनाथ थिए । त्यसै बेला भारतीय समर्थकहरूले उनलाई ‘चीटर’ भन्दै जिस्काउन थाले र उनीविरुद्ध नारा लाग्न थाल्यो ।

स्मिथले त यसमा केही प्रतिक्रिया जनाएनन् तर ब्याटिङ गर्दै गरेका भारतीय कप्तान विराट कोहलीलाई भने यो कुरा मन परेन । उनले भारतीय समर्थकहरूलाई त्यसो नगर्न आग्रह गरे र स्मिथकोसमर्थन्मा तालि बजाउन अपिल गरे ।

खेल समाप्त भएपछि पनि विराटलाई यसबारे सोधिंदा उनले आफूलाई स्मिथप्रतिको यस व्यवहारले निकै दुःख पुगेको बताए । उनले अफ्फोले सबैको तर्फबाट स्मिथसँग माफी माग्न चाहेको समेत बताए ।

स्मिथले यस अघिका खेलहरूमा पनि यस्ता समस्याहरूको सामना गरिसकेका छन् । यस अघि पनि थुप्रै खेलहरूमा डेभिड वार्नर र स्मिथलाई दर्शकहरूले ‘बल टेम्परिङ’को मामिलामा जिस्क्याएर हैरान पारेका थिए ।

विराटले भने ‘जे हुनु थियो भइसक्यो र त्यसकालागि उनले सजाय समेत पाइसकेका छन् । उनी अहिले टीममा फर्किएका छन् र निकै राम्रो प्रदर्शन गरिरहेका छन् । उनको ठाउँमा म भएको भए पनि मलाई यस्तो हुँदा दुःख लाग्थ्यो । म भारतीय समर्थकहरूले खराब उदाहरण प्रस्तुत गरुन भन्ने चाहन्न ।”

उता आइसीसीले विराटको यस कामको प्रशंसा गर्दै ट्वीट गरेको छ । वउसले विराटले आफ्ना समर्थकहरूलाई स्मिथको समर्थनमा ताली बजाउन आग्रह गरेको प्रसंग उल्लेख गर्दै लेखेको छ, “डीप मिड विकेटतिर फिल्डिङमा रहेका स्मिथलाई भारतीय समर्थकहरूले निकै सताइरहेका थिए । विराटले त्यसको साटो उनको हौसला बढाउन आग्रह गरे । गजबको उदाहरण!”

आइसीसीले ट्वीटसँगै सानो भिडियो क्लिप समेत साझा गरेको छ । जसमा सुरुमा विराट समर्थकहरूलाई स्मिथ्कालागि ताली बजाउन आग्रह गर्दै छन्खे र केहीपछि स्मिथले विराटलाई पिठ्युँमा धाप दिँदै उनलाई धन्यवाद भनिरहेका छन्।

आइतबार विश्वकपको १४ औं खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले हराएको थियो ।स्मिथले यस खेलमा पनि शानदार प्रदर्शन गर्दै ७० बलमा ६९ रन बनाएका थिए । यो उनको यस विश्वकपमा लगातार दोस्रो अर्ध शतक थियो ।