विराट कोहलीको त्यो निर्णय जसले उनलाई लज्जित देखायो - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विराट कोहलीको त्यो निर्णय जसले उनलाई लज्जित देखायो



एजेन्सी – क्रिकेटमा जबदेखि डिएसआर लागु भएको छ तब कयौं अवसरमा खेलाडी आउट भएपनि उनीहरूले अम्पायरको निर्णयलाई चुनौती दिने गरेका छन्।

यस्तो बेलामा निक्कै कम अवसरमा मात्र खेलाडी आउट नभएको देखिदैं आइएको छ। त्यस्तै आउट नभएपनि खेलाडीले आफूलाई आउट मान्दै पेभेलियन फर्किने पनि गरेका छन्।

हिजो पाकिस्तान विरूद्धको खेलमा भारतीय कप्तान विराट कोहली ४८ औं ओभरमा एक अपिल हुँदैमा पेभेलियन फर्किए।

पाकिस्तान विरूद्धको खेलमा ४७ ओभरमा भारतले ३११ रन बनाएको थियो। ४८ औं ओभरमा मोहम्मद रियाज बलिङ गर्न आए उनले सो ओभरको चौथो ओभरमा बाउन्स बल हाने। त्यो बल विराटको टाउकोमाथिबाट जाँदै थियो। यस बललाई विराटले हुक गर्ने कोशिस गरे तर बललाई ब्याटले छोएन। मोहम्मदले आउटको अपिल गरे। यो सट खेल्ने क्रममा विराट घुमे। त्यसपछि उनले अम्पायरलाई हेरे। अम्पायरले आउटको अपिललाई स्वीकार गरेको देखेपछि कोहली पेभेलियन फर्किए।

उनी पेभेलियन फर्किए पनि रिप्लेले उनी आउट नभएको स्पष्ट देखायो। अल्ट्राएजमा पनि बलले उनको ब्याट छोएको देखिएन। सायद यसको महसुस विराटलाई भएन र उनी आफूलाई आउट मान्दै पेभेलियनतीर लागे। पेभेलियन पुगेर उनले आफू आउट नभएको थाहा पाएपछि उनको अनुहारमा लज्जाको भाव देखियो।

हुन पनि कतिपय अवस्थामा ब्याट हावामा तीब्र गतिमा लहराउँदा त्यसबाट केहि आवाज आउँछ। विराट कोहलीले पनि त्यसैलाई महसुस गरेको हुनुपर्छ। त्यही भएर पेभेलियन पुगेपछि उनलाई ब्याट घुमाइघुमाइ हल्लाएर केहि बुझ्ने प्रयास गरेको देखिएको थियो।

तर जे भएपनि हिजोको खेलमा विराट आउट नभइ नै पेभेलियन फर्किए।