२०७६ जेष्ठ १२, आइतवार

कोहलीको सतकमा बैंगलोर विजयी

April 20, 2019
29 Views

एजेन्सी – कप्तान विराट कोहलीले शतकीय इनिङस खेलेपछि रोयल च्यालेन्जर्स बैंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा दोस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा बैंगलोरले कोलकत्ता नाइट राइडर्सलाई १० रनले हराउँदै जित निकालेकाे हाे ।

कोलकत्तास्थित इडेन गार्डेन्स मैदानमा बैंगलोरले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याएको कोलकत्ताले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा दुई सय ३ रन मात्र बनाउन सक्यो । कोलकत्ताका लागि नितिस रानाले अविजित ८५, आन्द्रे रुसेलले ६५ रन बनाए । सुनिल नारायणले १८ तथा रोविन उथप्पा र सुभमन गिलले समान ९-९ रन बनाएका थिए । बलिङमा बैंगलोरका डेल स्टेनले दुई विकेट लिँदा मार्कस स्टोइनिस र नन्दीप सैनीले एक-एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको बैंगलोरले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा दुई सय १३ रन बनाएको हाे । बैंगलोरका लागि कप्तान विराट कोहलीले सय रनको शतकीय इनिङ खेले । कोहलीले ५८ बलमा ९ चौका र ४ छक्का हानेका थिए । मोइन अलिले ६६ रन बनाए । अक्षयदिप नाथले १३ र ओपनर पार्थिव पटेलले ११ रन जोडे ।

बलिङमा कोलकत्ताका लागि सुनिल नारायण, आन्द्रे रसेल, हेरी गुर्नी र कुलदीप यादवले समान एक एक विकेट लिएका थिए । यस जितसँगै पुछारको बैंगलोरले ९ खेलबाट चार अंक बनाएको छ । आठ खेलबाट ८ अंक बनाएको कोलकत्ता छैटौं स्थानमा छ ।

Facebook Comments

सम्बन्धित खवर

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता
विचार/लेख
0 shares4 views
विचार/लेख
0 shares4 views

नरेन्द्र मोदी : विवादबीच उदय भएका चमत्कारी नेता

Himalpost Desk - २०७६, १३ जेष्ठ ०५:०५

- कुमुद अधिकारी प्रारम्भिक जीवन नरेन्द्र दामोदरदास मोदी उर्फ नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरात राज्यको वडनगरको एउटा…

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा
राजनीति
0 shares9 views
राजनीति
0 shares9 views

विप्लव समुहले सेनालाई अपहरण गरेको खुलासा

himal post - २०७६, १३ जेष्ठ ०१:०५

काठमाडौं : प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ। अपहरणको उक्त घटना विप्लव र…

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना
राजनीति
0 shares21 views
राजनीति
0 shares21 views

‘बन्द’ असफल पार्न सरकारले बनायो यस्तो नयाँ योजना

himal post - २०७६, १३ जेष्ठ ००:५९

काठमाडौँ- विप्लव समुहले आयोजना गरेको बन्दलाई असफल पार्न प्रहरीले नयाँ योजना बनाएको बताइएको छ । तीनै सुरक्षा प्रमुखहरुसहितको बैठकमा गृहमन्त्री रामबहादुर…