विराट कोहली आईसीसीको कारवाहीमा परे - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

विराट कोहली आईसीसीको कारवाहीमा परे



एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीलाई अन्तर्राष्टिय क्रिकेट परिषद (आईसीसी) ले कारवाही गरेको छ ।

शनिबार अफगानिस्तानसँगको खेलमा आचरसंहिता विपरित एलबीडब्लू आउटको अपिल गर्नुको साथै अम्पायरमाथि आक्रमक देखिएको भन्दै कोहलीलाई आईसीसीले कारवाही गरेको हो । कारवाहीबापत कोहलीको उक्त खेलको २५ प्रतिशत पारिश्रमिक रकम काट्ने छ । साथै १ डिमिरेट अंक पनि दिएको छ । कोहलीले उक्त कारवाही स्वीकारेका छन् ।

साउथह्यापटनमा भएको खेलमा कोहलीले जसप्रित बुमराहको २९ औं ओभरको पहिलो बलमा रहमत शाह एलबीडब्लू आउट नदिएको भन्दै अम्पायर अलीम दरको निर्णयमा आपत्ति जनाएका थिए । जुन व्यवहार आईसीसीको आचारसंहिता विपरित रहेपछि कोहली कारवाहीमा परेका हुन् ।