७–८ जना युवतीसँग डेट गएर विवादमा तानिए यी क्रिकेटर ,गोप्य म्यासेज भयो भाईरल - Himal Post Himal Post
  • ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
Logo

७–८ जना युवतीसँग डेट गएर विवादमा तानिए यी क्रिकेटर ,गोप्य म्यासेज भयो भाईरल



एजेन्सी : पाकिस्तान क्रिकेट टोलीका युवा सलामी ब्याटस्म्यान इमाम उल हकमाथि कयौं युवतीहरूसँगको कुराकानी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पाकिस्तानी मिडियामा प्रकाशित रिपोर्टका अनुसार ति युवतीहरू र इमामबीच ह्वाट्सएपमा भएको च्याटको स्क्रिनसट भाइरल भइरहेको हो । स्क्रिनसट भाइरल भएपछि इमाम विवादमा परेका छन्।

इमाममाथि बितेका ६ महिनामा एकसाथ ७ देखि ८ युवतीसँग डेट गएर ति युवतीहरूलाई धोका दिएको आरोप लगाइएको छ । स्क्रिनसटलाई सामाजिक संजालमा पोस्ट गरेका अन्जान व्यक्तिले स्क्रिनसटमात्र नभइ आफूसँग इमामको हर्कतहरूको भिडियो र तस्वीरहरूसमेत रहेको दाबी गरेका छन् । उनले सम्बन्धित युवतीहरूले मंजुरीपछिमात्र तिनलाई पोस्ट गर्ने बताएका छन्।

पाकिस्तान क्रिकेट बोर्डका मिडिया निर्देशक समी (उल) हसनका अनुसार इमामको निजी मामिला भएकाले बोर्डले कुनै धारणा पेस नगर्ने स्पष्ट पारेका छन् ।