विप्लव समुहमाथिको प्रतिबन्ध आजै फुकुवा गर्ने सरकारको तयारी
काठमाडौं- सरकारले प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी नेकपा विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ ।
सरकार र विप्लव समूहबीच गोप्य रूपमा भएको सहमति अनुसार सरकारले आज मंगलबार नै प्रतिबन्ध फुकुवाबारे घोषणा गर्ने तयारी गरेको छ । प्रतिबन्ध फुकुवाबारे सरकारका प्रवक्ता पार्वत गुरुङले वक्तव्य जारी गर्ने बताइएको छ ।
नेकपा विप्लव समुहका एक नेताले सकारले प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको पुष्टि गरे । उनका अनुसार विप्लव समूह र सरकारबीच राजनीतिक समझदारी गरेर अगाडि बढ्ने अनौपचारिक सहमती भएको छ ।
प्रतिबन्ध फुकुवा गरेपश्चात केही दिनमै कार्यक्रम गरि सार्वजनिक हुने पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवको तयारी छ ।