भिभिआइपीका लागि गाडी खरिद गर्न रक्षाले मानेन - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

भिभिआइपीका लागि गाडी खरिद गर्न रक्षाले मानेन



काठमाडौं –

विशिष्ट पदाधिकारी (भिभिआइपी)को सुरक्षाका लागि सवारीसाधन खरिद गर्न बजेट उपलब्ध गराउन रक्षा मन्त्रालयले असहमति जनाएको छ ।

नेपाली सेनाले भिभिआइपीको सवारीका क्रममा अगाडि र पछाडि प्रयोग हुने सवारी साधन किन्न बजेट माग्दा रक्षाले विमति जनाएको हो ।

सेनाले भिभिआइपीको अगुवा-पछुवाका लागि ४ वटा SUV जिप र ५ वटा पिकअप जिप खरिदका लागि ५ करोड ५० लाख रुपैयाँ माग गरेको थियो ।

सेनाको मागबमोजिम अर्थसँग छलफल नगरी रक्षाले असहमति जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

सेनाले एक महिनाअघि गत पुस ६ गते सवारी खरिद गर्न अर्थ मन्त्रालयबाट रकम निकासाका लागि आवश्यक प्रक्रिया अघि बढाउन रक्षामा पत्राचार गरेको थियो ।