भीआइपीका कारण जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प - Himal Post Himal Post
  • ६ आश्विन २०८१, आईतवार
  •      Sun Sep 22 2024
Logo

भीआइपीका कारण जनतालाई सास्ती, उड्ने र गुड्ने मार्ग ठप्प



काठमाडौं। राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन् । त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रोजस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन् ।

तर जनताको सम्मान नै टुट्ने गरी पछिल्ला दिनमा राष्ट्रपति, प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीको सवारी चल्न थालेको छ । उच्चपदस्थ अधिकारी कतै जान निस्केसँगै उड्ने र गुड्ने सबै मार्ग ठप्प पार्न थालिएको छ भने सडकमा सर्वसाधारणलाई निस्कन पनि रोक लगाउने प्रवृत्ति बढेको छ ।

बिहीबार पनि यस्तै भयो । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम प्रस्थान गर्दा काठमाडौंका सडकको आवतजावत मात्र होइन, हवाई मार्ग पनि प्रभावित बन्यो । काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको उडानमात्र होइन, पोखरा, भैरहवासहितका उडान पनि प्रभावित बने । –नागरिक दैनिकबाट