कोहली र डी भिलियर्स यसरी बने गोपालको शिकार - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

कोहली र डी भिलियर्स यसरी बने गोपालको शिकार



एजेन्सी- लेग स्पिनर श्रेयस गोपालले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ ।

राजस्थानको घरेलु मैदान जय पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाउन सक्यो । ओपनर पार्थिव पटेलले ४१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रन जोडे । पटेललाई १८ ओभरको दोस्रो बलमा जोफ्रा आर्चरले कप्तान अजिंक्या रहाणेबाट क्याच आउट गराए ।

विराट कोहलीले २५ बलमा ३ चौका सहित २३, एबी डि भिलियर्स १३ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३१ र मोइन अलीले १८ रनमा नट आउट रहे । स्टोइनिसले २८ बलमा २ चौका र १ छक्का प्रहार गर्दा अलीले ९ बलमा २ चौका १ छक्का प्रहार गरे । अन्तिम ओभरमा अलीले जोफ्रा आर्चरलाई समान १ छक्का र चौका सथौ स्टोइनिसले अन्तिम बलमा चौका प्रहार गर्दै १७ रन बटुलेपछि सम्मानजक लक्ष्य सम्म पुग्न सफल भएको हो ।

ओपनर कोहलीलाई सातौं ओभरको तेस्रो बलमा श्रेयस गोपालले बोल्ड आउट गरे । गोपलले नवौं ओभरको तेस्रो बलमा डी भिलीयर्सलाई आफैं उत्कृष्ट क्याच लिदैं पेभिलिएनको बाटो फर्काए । जुन ओभर विकेट मेडन रह्यो । ११ औं ओभरको पहिलो बलमै शिम्ररोन हिटमायरलाई १ रनमा विकेटकीपर जस बटलरबाट १ रनमा क्याच आउट गरे ।

गोपालले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ३ विकेट लिए । जोफ्रा आर्चरको नाममा १ विकेट रह्यो । दुवै टोलीले सुरुवाती तीन खेलमा पराजित भएको हुँदा आज पहिलो जितको खोजिमा छन् ।