विजय शंकरले बनाए कुनै भारतीयले नबनाएको रेकर्ड - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विजय शंकरले बनाए कुनै भारतीयले नबनाएको रेकर्ड



एजेन्सी – आइसिसी क्रिकेट विश्वकपमा भारतले आइतबार चिरपरिचित प्रतिद्वन्द्वी पाकिस्तानलाई डिएल मेथडमा ८९ रनले पराजित गर्यो।

वर्षाले प्रभावित सो खेलमा भारतका अलराउन्डर विजय शंकरले नयाँ रेकर्ड बनाएका छन्। विश्वकपको डेब्यू खेलमा पाकिस्तानका इमाम उल हकलाई आउट गरेपछि रेकर्ड बनेको हो।

उनले विश्वकपमा बलिङ गरेको पहिलो बलमै विकेट लिएर रेकर्ड बनाएका हुन्। यसअघि भारतका लागि विश्वकपको डेब्यू खेलको पहिलो बलमा  कुनै पनि खेलाडीले विकेट लिएका छैनन्।

भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याउने क्रममा ब्याटिङ गरेको पाकिस्तानविरुद्ध पाँचौ ओभरमा कप्तान विराट कोहलीले भुवनेश्वर कुमारको हातमा बल थमाएका थिए।

भुवनेश्वरले पहिलो तीन बलमा कुनै रन दिएनन्। चौथो बलमा भुनवेश्वर घाइते हुन पुगे। बलिङका लागि दौडने क्रममा खुट्टा फर्किएपछि भुवनेश्वर मैदान छाड्न बाध्य भएका थिए।

त्यसपछि सो ओभरको बाँकी २ बल पूरा गर्न विजय शंकर आएका थिए। विजयले पाँचौ बलमा इमामलाई एलबिडब्लूको धरापमा पारेर भारतलाई पहिलो सफलाता दिलाएका थिए।