यसकारण मेस्सीसँग खेल्न आतुर छन भिडाल - Himal Post Himal Post
  • ३० मंसिर २०८२, सोमबार
  •      Mon Dec 15 2025
Logo

यसकारण मेस्सीसँग खेल्न आतुर छन भिडाल



जर्मन क्लब बार्यन म्युनिखबाट स्पेनिस क्लब बार्सिलोना आएका अटुरो भिडालले सुपर स्टार लियोनल मेस्सीसँग खेल्न पाउने भएर उत्साहित रहेको बताएका छन् ।

चिलीका मिडफिल्डर भिडालले बार्सिलोनासँग तीन वर्षको सम्झौता गरेका हुन् । उनलाई सोमबार बार्सिलोनाले औपचारिक रुपमा प्रस्तुत गर्नेछ । ३१ वर्षका भिडाललाई बार्सिलोनाले २० मिलियन युरोमा भित्र्याएको खबर छ ।

उनलाई इटालियन सिरी ए क्लब इन्टर मिलानले पनि भित्र्याउन खोजेको थियो ।

भिडालले बार्सिलोनाको खेलाडीका रुपमा पहिलो पटक बोल्दै भने, ‘साँचो अर्थमा म यहाँ खुशी छु । बार्सिलोको जर्सी लगाएर खेल्न उत्सुक छु । मेस्सीसहित लुइस स्वारेज, सर्जिओ बस्क्वेट… सहितका खेलाडीसँग खेल्न उत्सुक छु ।’

आफूले नयाँ क्लबमा नयाँ चुनौतीसहित धेरै जित्न चाहेको पनि बताएका छन् ।