भायानेट अफर: मूल्य पुरानै, तर स्पिड १०० एमबिपीयस - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

भायानेट अफर: मूल्य पुरानै, तर स्पिड १०० एमबिपीयस



काठमाडौँ – भायानेटले आफ्ना सेवा सेवाग्राहीलाई छिटो इन्टरनेट सेवा प्रदान गर्नको लागि ‘स्पीडी अफर’ ल्याएको छ। यस अन्तर्गत सेवाग्राहीले पहिलेकै मूल्यमा १०० एमबिपीएस सम्मको इन्टरनेट सेवा प्राप्त गर्न सक्नेछन्।

पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सक्नेछन्।

त्यस माथि रु. १००० को रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै सित्तैमा प्राप्त गर्न सकिने र अफर निश्चित समय अवधिको लागि लागू हुने भायानेटले जनाएको छ ।