भायनेटले ल्यायो: 'महाचाड, महाबचत, महाअफर' - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

भायनेटले ल्यायो: ‘महाचाड, महाबचत, महाअफर’



काठमाडौं । चाडवाड नजिकिएसंगै विभिन्न कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी अफर ल्याउने क्रम जारी छ  । यस्तै इण्टरनेट सर्भिस प्रोभाइडर भायनेट कम्युनिकेशन्सले दशैंतिहारका अवसरमा ‘महाचाड, महाबचत, महाअफर’ योजना सञ्चालन गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले वार्षिक ग्राहक बन्दा ४४ प्रतिशतसम्म महाबचत गर्न सक्ने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । योजनाअन्तर्गत ग्राहकले १ वर्षका लागि नेट टीभीका साथै सेट–टप बक्ससमेत निःशुल्क प्राप्त गर्नेछन् ।

अफरमा ९ सय ९९ रुपैयाँ प्रतिमहीनामा २० एमबीपीएस, १ हजार १ सय ४९ रुपैयाँमा ३० एमबीपीएस र १ हजार ३ सय ९९ रुपैयाँमा ६० एमबीपीएस स्पीडको इण्टरनेट सुविधा पाउनेछन् । ग्राहकले निःशुल्क जडानका साथै निःशुल्क केबल एवम् राउटरसमेत पाउनेछन् । भायनेटको यो अफर आगामी कात्तिक ३० सम्म सञ्चालन हुनेछ ।