अब भायानेटको बारेमा अरूलाई पठाउँदा बोनस पाइने - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

अब भायानेटको बारेमा अरूलाई पठाउँदा बोनस पाइने



भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकले तीन महिनाको इन्टरनेटसँगै एम आइको डुअल ब्याण्ड राउटर सित्तैमा पाउन सक्नेछन् ।

यो योजना अन्तर्गत भायानेट रिफर गर्ने र पाउने दुवैले एक महिनाको इन्टरनेट फ्री पाउने छन् । साथै ९० दिन भित्र कुनै पनि भायानेटको ग्राहकले तीन जना नयाँ ग्राहकलाई भायानेटको अल्ट्रा–फाई प्याक सफलता पूर्वक रिफर गरेमा एक महिनाको दरले तीन महिनाको इन्टरनेट सँगै एम आइको डुअल ब्याण्ड राउटर पनि सित्तैमा पाउन सक्नेछन्।

ग्राहकले रिफरल इनामको लागि योग्य हुन उसले रिफर गरेको व्यक्तिले ६ महिना वा सोभन्दा माथिको प्याकेज खरिद गरेको हुनुपर्छ ।

भायानेटका ग्राहकले आफ्नो रिफरल बापतको उपहार नयाँ ग्राहकले इन्टरनेट जोडेर पहिलो पेमेन्ट गरेपछि पाउने छन् । ग्राहकले भायानेटको मोबाइल एप वा कस्टमर पोर्टलमा लग–इन गरी आफ्नो फ्री इन्टरनेट दाबी गर्न सक्नेछन् ।

भायानेटले प्रत्येक हप्ता एम आइको डुअल ब्याण्ड राउटर पाउन सफल रिफररहरूलाई आफ्नो इनाम सङ्कलन गर्न सम्पर्क गर्नेछ ।